सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म ढाक्रे

Nepal Telecom ad

म ढाक्रे
नदी तिरैतिरको निरन्तर यात्रामा
निधारको नाम्लोले
दुखको गहिराई र
सपनाको उँचाई
नाप्दै हिँडिरहेछु
तारेभीर र अक्करहरूमा
रहरको भारी बिसाउँछु
लटरम्म फलेका
विश्वासका विसौनीहरूमा
पुनः बोकेर हिँड्छु
धमिलिँदै गएको
चन्द्र छुने लालसा र
परिवारको दुईछाक खुशी
बोक्दै आएको छु वर्षौंदेखि
झुपडीले जुनी फेर्ने कर्कटपाताहरू
पक्कीघरका सिमेन्ट र ईंट्टाहरू
संस्कारका सील्पहरू
कर्तव्यका घण्टहरू
अस्तित्वका गजूरहरू
यत्तिका वर्षपछि पनि
नियालिरहेछु
तिम्रो भरिँदै गरेको ढुकुटी र
मेरो रित्तिँदै गएको
कण्ाँधार ढाडसहरू,
पलायन हुन सुरसार गर्ने
परदेशी सपनाहरू
अनि थुम्थुमाउँदैछु
विद्रोह गर्न तम्सिने
बन्धक स्वाभिमानहरू
सन्तानको खुद्राखुद्री खुशी
टिपनटापनमै बितिरहेछ
तिनपुस्ते तमसुकमा अल्झेको
यो सुकुम्बासी मन
कहिलेकाहिँ बेस्सरी सराप्न मन लाग्छ
श्रापित उमेरको भारी बोकाएर
आँसुले जीवनको रेखा कोरिदिने
विधाता भनाउँदोलाई
फेरि पनि
उदेकलाग्दो अक्करको भीरमा
एउटा सग्लो जीवनको परिभाषा
बोलाई रहन्छ मलाई
पाखाभरि सुनाखरी मुस्काउँदै
त्यसैले
नदी तिरैतिरको निरन्तर यात्रामा
निधारको नाम्लोले
दुखको गहिराई र
सपनाको उचाई
नाप्दै हिंँडिरहेछु
म ढाक्रे…. ।
जोरपाटी, काठमाडौं 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)