साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ढाक्रे

Nepal Telecom ad

म ढाक्रे
नदी तिरैतिरको निरन्तर यात्रामा
निधारको नाम्लोले
दुखको गहिराई र
सपनाको उँचाई
नाप्दै हिँडिरहेछु
तारेभीर र अक्करहरूमा
रहरको भारी बिसाउँछु
लटरम्म फलेका
विश्वासका विसौनीहरूमा
पुनः बोकेर हिँड्छु
धमिलिँदै गएको
चन्द्र छुने लालसा र
परिवारको दुईछाक खुशी
बोक्दै आएको छु वर्षौंदेखि
झुपडीले जुनी फेर्ने कर्कटपाताहरू
पक्कीघरका सिमेन्ट र ईंट्टाहरू
संस्कारका सील्पहरू
कर्तव्यका घण्टहरू
अस्तित्वका गजूरहरू
यत्तिका वर्षपछि पनि
नियालिरहेछु
तिम्रो भरिँदै गरेको ढुकुटी र
मेरो रित्तिँदै गएको
कण्ाँधार ढाडसहरू,
पलायन हुन सुरसार गर्ने
परदेशी सपनाहरू
अनि थुम्थुमाउँदैछु
विद्रोह गर्न तम्सिने
बन्धक स्वाभिमानहरू
सन्तानको खुद्राखुद्री खुशी
टिपनटापनमै बितिरहेछ
तिनपुस्ते तमसुकमा अल्झेको
यो सुकुम्बासी मन
कहिलेकाहिँ बेस्सरी सराप्न मन लाग्छ
श्रापित उमेरको भारी बोकाएर
आँसुले जीवनको रेखा कोरिदिने
विधाता भनाउँदोलाई
फेरि पनि
उदेकलाग्दो अक्करको भीरमा
एउटा सग्लो जीवनको परिभाषा
बोलाई रहन्छ मलाई
पाखाभरि सुनाखरी मुस्काउँदै
त्यसैले
नदी तिरैतिरको निरन्तर यात्रामा
निधारको नाम्लोले
दुखको गहिराई र
सपनाको उचाई
नाप्दै हिंँडिरहेछु
म ढाक्रे…. ।
जोरपाटी, काठमाडौं 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x