सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अध्यक्ष हुनैपर्ने पाँच कारण

Nepal Telecom ad

एउटा प्रभावशाली राजनीतिक दलको अध्यक्ष हुन कति लामो त्याग, तपस्या र धैर्य चाहिन्छ भन्ने उदाहरण कमरेड बाबुरामलाई हेरेर थाहा हुन्छ । उनको धैर्य हेर्नूस्, बीसौँ वर्षदेखि प्रचण्डलाई अध्यक्ष मानेर उनको थिचोमिचो, घोचपेच, हप्कीदप्की, कारबाही र यातनासमेत खपेर बसे । कुनै विद्रोह गरेनन् । केहीपटक पार्टी फुटाऊँ, फुटाऊँ लाग्दा पनि फुटाएनन् । अध्यक्ष हुन्छु भनेर प्रचण्डसँग कहिल्यै जिब्रो फोरेनन् । भित्री मन जति पोले पनि बाहिर बोलेनन् । जति डाह र छटपटी भए पनि मुख खोलेनन् । बरू अध्यक्ष बन्ने योग्यता हासिल गर्नमै लागिरहे ।

उनले पढाइमा विशेष ध्यान दिए । प्रचण्डले युवालाई \’बुर्जुवा शिक्षा पढ्नु हँुदैन, लडाइँ गरेर संसार जित्नुपर्छ\’ भनेर उकास्दा भट्टराईले पनि हो हो भने तर आफू एसएलसीमा बोर्डफस्ट भएको इतिहासको भने प्रचार गरिरहे । आफ्नो नामका अगाडि भएको डाक्टर उपाधिलाई भजाइरहे । बौद्धिक व्यक्तित्व भएकाले बन्दुक पड्काएर संसार जितिँदैन भन्ने उनलाई थाहा थियो । त्यसैले उनी प्रचण्डका पछिपछि हिँडे, नेतृत्व लिएनन् । यसो गर्दै गर्दै उनले जुँगा फुलाए, परिपक्वता हासिल गरे । श्रीमती, छोराछोरी, सालासाली, जेठान एवं जेठी सासू सबैलाई ठाउँ ठाउँमा व्यवस्था मिलाए । चिन्ता गर्नुपर्ने कुनै विषय बाँकी राखेनन् । अनि, बल्ल अध्यक्ष हुने मनस्थिति बनाए र पार्टी बैठकमा आफू अध्यक्ष हुनुपर्ने कारणहरू बुँदागत रूपमा यसरी प्रस्तुत गरे:

१. कमरेड प्रचण्डले अध्यक्ष छाड्ने संकेत गरेकाले मैले अध्यक्ष बन्ने मनस्थिति बनाएको हुँ । प्रचण्डले छाडेपछि समाउने मबाहेक अरू हुनै नसक्ने भएकाले म कसिएको हुँ ।

२. हाम्रो पार्टीले गरेको जनवादी क्रान्तिको अभ्यास अब सकियो । अभ्यासको चपेटामा परेर हजारौँ मान्छे मारिए, हजारौँ बेपत्ता भए, लाखौँ प्रभावित भए । हाम्रो नेतृत्व कलंकित भयो । अब त्यो कलंक मेटाउने समय आयो । त्यसका लागि कम कलंकित नेतृत्व चाहिन्छ । त्यसैले पार्टीलाई मेरो नेतृत्व आवश्यक छ ।

३. एक्काइसौँ शताब्दीमा जुँगा हल्लाएर, तिलस्मी गफ दिएर वा हिजोको स्टालिन शैली अपनाएर पार्टी चल्दैन । नयाँ विचार, नयाँ शैली, नयाँ शक्ति र नेताहरूमा राम्रो संस्कार पनि चाहिन्छ । संस्कारहीन नेताले नेतृत्व गर्न सक्दैनन् । यसका लागि पढेलेखेका बौ द्धिक व्यक्तित्व चाहिन्छ । उसका नातागोता, ससुराली र परिवारका अरू व्यक्ति पनि सहरिया, सुकिला-मुकिला र संस्कारयुक्त हुनुपर्छ । त्यसैले म तयार भएको हुँ ।

४. प्रचण्डजीलाई मैले धेरै गुन तिर्नु छ । उहाँलेे २० वर्षमै नेतृत्व हस्तान्तरण गरेको कदरस्वरूप उहाँको ठूलो तस्बिर पार्टी कार्यालयमा राखिदिने मलाई तीव्र इच्छा छ । त्यसका लागि पनि मैले अध्यक्ष हुन खोजेको हुँ ।

५. मलाई प्रचण्डजीका मान्छेले सानो तप्काको गुटको नेता र दक्षिणपन्थी भएकाले पार्टी हाँक्न सक्दैन भनेर सधैँ आरोप लगाए । यो कुरालाई मैले चिर्नु छ । एमालेमा केपी ओलीलाई त्यसै भन्थे । उनले पार्टी अध्यक्ष भएर देखाइदिए । म पनि अध्यक्ष भएर देखाउन चाहन्छु ।

अन्त्यमा, थला परेको नेतृत्वले पार्टीलाई पनि थला बसाउँछ भन्ने मेरो धारणा छ । यसो भनेर मैले अध्यक्षलाई थला परेको भनेको होइन । विचार थला परेको हो । ज्यादै मुस्किलले कमरेड प्रचण्डलाई मनाएको छु । त्यसैले आगामी महाधिवेशनसम्म नारायणकाजी तथा दीनानाथजीहरूलाई झमेला नगर्न अनुरोध गर्छु । धन्यवाद ।

नेपाल साप्ताहिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे