साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अध्यक्ष हुनैपर्ने पाँच कारण

Nepal Telecom ad

एउटा प्रभावशाली राजनीतिक दलको अध्यक्ष हुन कति लामो त्याग, तपस्या र धैर्य चाहिन्छ भन्ने उदाहरण कमरेड बाबुरामलाई हेरेर थाहा हुन्छ । उनको धैर्य हेर्नूस्, बीसौँ वर्षदेखि प्रचण्डलाई अध्यक्ष मानेर उनको थिचोमिचो, घोचपेच, हप्कीदप्की, कारबाही र यातनासमेत खपेर बसे । कुनै विद्रोह गरेनन् । केहीपटक पार्टी फुटाऊँ, फुटाऊँ लाग्दा पनि फुटाएनन् । अध्यक्ष हुन्छु भनेर प्रचण्डसँग कहिल्यै जिब्रो फोरेनन् । भित्री मन जति पोले पनि बाहिर बोलेनन् । जति डाह र छटपटी भए पनि मुख खोलेनन् । बरू अध्यक्ष बन्ने योग्यता हासिल गर्नमै लागिरहे ।

उनले पढाइमा विशेष ध्यान दिए । प्रचण्डले युवालाई \’बुर्जुवा शिक्षा पढ्नु हँुदैन, लडाइँ गरेर संसार जित्नुपर्छ\’ भनेर उकास्दा भट्टराईले पनि हो हो भने तर आफू एसएलसीमा बोर्डफस्ट भएको इतिहासको भने प्रचार गरिरहे । आफ्नो नामका अगाडि भएको डाक्टर उपाधिलाई भजाइरहे । बौद्धिक व्यक्तित्व भएकाले बन्दुक पड्काएर संसार जितिँदैन भन्ने उनलाई थाहा थियो । त्यसैले उनी प्रचण्डका पछिपछि हिँडे, नेतृत्व लिएनन् । यसो गर्दै गर्दै उनले जुँगा फुलाए, परिपक्वता हासिल गरे । श्रीमती, छोराछोरी, सालासाली, जेठान एवं जेठी सासू सबैलाई ठाउँ ठाउँमा व्यवस्था मिलाए । चिन्ता गर्नुपर्ने कुनै विषय बाँकी राखेनन् । अनि, बल्ल अध्यक्ष हुने मनस्थिति बनाए र पार्टी बैठकमा आफू अध्यक्ष हुनुपर्ने कारणहरू बुँदागत रूपमा यसरी प्रस्तुत गरे:

१. कमरेड प्रचण्डले अध्यक्ष छाड्ने संकेत गरेकाले मैले अध्यक्ष बन्ने मनस्थिति बनाएको हुँ । प्रचण्डले छाडेपछि समाउने मबाहेक अरू हुनै नसक्ने भएकाले म कसिएको हुँ ।

२. हाम्रो पार्टीले गरेको जनवादी क्रान्तिको अभ्यास अब सकियो । अभ्यासको चपेटामा परेर हजारौँ मान्छे मारिए, हजारौँ बेपत्ता भए, लाखौँ प्रभावित भए । हाम्रो नेतृत्व कलंकित भयो । अब त्यो कलंक मेटाउने समय आयो । त्यसका लागि कम कलंकित नेतृत्व चाहिन्छ । त्यसैले पार्टीलाई मेरो नेतृत्व आवश्यक छ ।

३. एक्काइसौँ शताब्दीमा जुँगा हल्लाएर, तिलस्मी गफ दिएर वा हिजोको स्टालिन शैली अपनाएर पार्टी चल्दैन । नयाँ विचार, नयाँ शैली, नयाँ शक्ति र नेताहरूमा राम्रो संस्कार पनि चाहिन्छ । संस्कारहीन नेताले नेतृत्व गर्न सक्दैनन् । यसका लागि पढेलेखेका बौ द्धिक व्यक्तित्व चाहिन्छ । उसका नातागोता, ससुराली र परिवारका अरू व्यक्ति पनि सहरिया, सुकिला-मुकिला र संस्कारयुक्त हुनुपर्छ । त्यसैले म तयार भएको हुँ ।

४. प्रचण्डजीलाई मैले धेरै गुन तिर्नु छ । उहाँलेे २० वर्षमै नेतृत्व हस्तान्तरण गरेको कदरस्वरूप उहाँको ठूलो तस्बिर पार्टी कार्यालयमा राखिदिने मलाई तीव्र इच्छा छ । त्यसका लागि पनि मैले अध्यक्ष हुन खोजेको हुँ ।

५. मलाई प्रचण्डजीका मान्छेले सानो तप्काको गुटको नेता र दक्षिणपन्थी भएकाले पार्टी हाँक्न सक्दैन भनेर सधैँ आरोप लगाए । यो कुरालाई मैले चिर्नु छ । एमालेमा केपी ओलीलाई त्यसै भन्थे । उनले पार्टी अध्यक्ष भएर देखाइदिए । म पनि अध्यक्ष भएर देखाउन चाहन्छु ।

अन्त्यमा, थला परेको नेतृत्वले पार्टीलाई पनि थला बसाउँछ भन्ने मेरो धारणा छ । यसो भनेर मैले अध्यक्षलाई थला परेको भनेको होइन । विचार थला परेको हो । ज्यादै मुस्किलले कमरेड प्रचण्डलाई मनाएको छु । त्यसैले आगामी महाधिवेशनसम्म नारायणकाजी तथा दीनानाथजीहरूलाई झमेला नगर्न अनुरोध गर्छु । धन्यवाद ।

नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x