साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो आयो माघ आठ आयो !

Nepal Telecom ad

आयो आयो माघ आठ आयो
के मतलब यो भन्दा पहिले
वर्ष महिना गते कति आयो गयो ?
आजसम्म कहिल्यै नआएको
यहाँ त २०७१ सालको माघ आठ नै आयो !

जुलुस ल्यायो, नयाँ नारा ल्यायो, आमसभा ल्यायो
सबको रगत ततायो, बुद्धि विवेक हरायो
जति सहिद थिए देशमा, त्यसमा अङ्क थप गरायो
चिता– मलामी व्यस्त गरायो, शब् बाहन खुब दौडायो
यता उता जताततै बन्दै बन्द गरायो
आयो आयो माघ आठ आयो ।

शीत हुरीले हिमपात गरे झैं
सब फूलपात भुइँमा झरायो
प्राणरहित सुकेको रुखको नाङ्गो हाँगो जस्तै
ठिङ्ग नेता प्रष्ट आकाशमा उदायो
आयो आयो माघ आठ आयो
आज सम्म कहिल्यै नआएको
यहाँ त २०७१ सालको माघ आठ नै आयो !

हेर त ! उ त्यो कसरी करायो ?
सुन्नेले त्यो कराउनेको कुरा पत्त्यायो
अनि जोसमा बिचरा अर्कोले प्राण गुमायो
उसको मृत्युमा अर्कोले मौका पायो
लास बोकेर शहर डुलायो
ओहो कस्तो कस्तो चर्को चर्को नारा लगायो
जीवन भन्दा मृत्युलाई महान बनायो
मर्नेको गुण गान यति र यस्तरी गायो
जिउँदालाई जिउँदै रहन लाज लाग्ने बनायो
नयाँ नेताले सत्तामा जाने नयाँ बाटो पक्का बनायो
आजसम्म कहिल्यै नआएको
यहाँ त २०७१ सालको माघ आठ नै आयो !
आयो आयो माघ आठ आयो
आयो आयो माघ आठ आयो ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x