साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई कुर्सी प्यारो लाग्छ

Nepal Telecom ad

कुर्सीको नाम सुन्दैमा
मुखमा राल आउँछ
सुनिरहुँ जस्तो लाग्ने,
कति मीठो शब्द कुर्सी !
चाटी चाटी खाने
काँक्राको राइतो जस्तो ।

कुकुरलाई टायर देखेपछि
गोडा उचाल्न मन लागे जस्तै
मलाई कुुर्सी देखेपछि बसुँ बसुँ लाग्छ ।

नबुझ्नेलाई पुरानो ढिकी भए पनि
बुझ्नेको लागि त
आराम्दायी पलङ जस्तो हुने,
कति मायालु हुन्छ कुर्सी !
यसमा बसेपछि त
निदाइरहुँ जस्तो लाग्ने
छोड्नै मनलाग्दैन कुर्सी ।

कुर्सीमा बसेपछि त
पजेरो पनि हुने प्राडो पनि हुने,
अझ भनौँ भने
मनचिन्ते झोली जस्तै हुन्छ कुर्सी
जे खोज्यो त्यही पाइने
जे चाह्यो त्यही निस्कने,
त्यसैल त
मलाई कुर्सी प्यारो लाग्छ ।

चरीको दूध जस्तै
जो कोहीले पाउन गाहारो छ कुर्सी
तर एक पटक पाएपछि
त्यसैमा निदाइरहुँ जस्तो लाग्ने
छोड्न सारै गाहारो छ कुर्सी ।

तपाइँ पनि एक पटक
छोएर त हेर्नुस् कुर्सीलाई
कुरा आफैं बझ्नुहुन्छ
छोड्न कति गाहारो हुन्छ कुर्सी ।

देश विर्सन सकिन्छ,
समाज विर्सन सकिन्छ,
बरु बाबुआमा, दाजुभाइ
नातागोता, इष्टमित्र सबै विर्सन सकिन्छ
तर विर्सन सकिन्न कुर्सी ।

नियम कानुन, न्याय निसाफ,
अनुशासन, मर्यादा, इज्जत, सम्मान
नैतिकता र इमानदारिता समेत
सबै थोक विर्सन सकिन्छ
तर कुर्सी त मरिकाटे विर्सन सकिन्न ।

किन कि यो त
मनचिन्ते झोली न हो
कुर्सीमा बसेपछि चारै दिशा हेर्न सकिन्छ
चारैतिर हात लम्काउन सकिन्छ
जे खोज्यो त्यही पाउन सकिन्छ,
जे चाह्यो त्यही लिन सकिन्छ
बसेरै पनि निदाइरहुँ जस्तो लाग्ने,
सधै यसमा टाँसिइरहुँ जस्तो लाग्ने
त्यसैले त मलाई
कुर्सी प्यारो लाग्छ ।
शब्द संयोजन पूर्णांङ्क ८४ बैसाख २०६८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x