साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपसिल

Nepal Telecom ad

म फेरि
आइपुगेको छु
जेलर,
तिम्रो
यातनागृहभित्र

घरि
लछारिएर
र घरि
पछारिएर
घरि
कुटिएर
र घरि
कुल्चिएर
म फेरि
ल्याइएको छु
यहाँ

तिम्रा
उचालिएका
आँखीभौंहरू
र तिम्रो
कुटिलताको
यो हाँसो
साक्षी
रहनेछ मेरो
र, तिमीले
गर्नेछौ
फेरि
मेरो सीदाको
व्यापार

तिम्रो
अड्डाघरको कालो
पुस्तिकामा
फेरि एकचोटि
दाखिला गर
तपसिलको
व्यहोरा
नाम– कवि
अपराध–
गोजीमा
कविताहरू
बोकेर हिँड्नु
सजाय–
सार्वजनिक
सुरक्षा

यो लोकतन्त्र
ल्याउन
पहिल्यै पनि
धेरैचोटि
यस्ता थुप्रै
शब्दहरू
बोकेर हिँडेको हुँ
सडकमा
र लेखेको हुँ
बादशाहको
नाङ्गो कथा
तोडेको हुँ
राजप्रसादको
मदिरा घर
र लोकतन्त्र
विरुद्धका
सबै पर्खालहरूलाई
गरेकै हुँ
उल्लङ्घन

मैले गरेकै हुँ
हस्ताक्षर
शालिकका
श्रीपेचहरूमाथि
र कोरेको हुँ
यो देशलाई
श्रीपेचहरूको
दासताबाट
मुक्त गर्ने
कविता

अहिले
एकाएक किन
उध्यत छ
यो लोकतन्त्र
कविता मास्न ?
र, यो
सडकमा
पठाइरहेका छन्
लोकतन्त्रका
भिजिलान्तेहरू ?

किन सधैं
सन्देहपूर्ण छ हँ ?
यो मुलुकको न्यायाधीशको
आँखाको अपारदर्शी
कालोचश्मा !

शासकका
गोलीहरूसँग लड्न
हाम्रा लागि
निहत्था
यो सडक बाहेक
बढी अरु
केही नहँुदो रैछ

सडकहरु त
हाम्रो
भाग्यको
नियति बनिसक्यो

सत्ता
सधैं
तिम्रो भयो
र सडक
सधैँ
हाम्रो भयो
जेलर ।
१५ भाद्र, २०७१
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x