साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती महात्म्य

श्रीमती बन्न पाए त मजा हुन्थ्यो म सोच्दछु श्रीमान बन्नु भन्दा त श्रीमती बन्न रोज्दछु ।

Nepal Telecom ad

श्रीमती घरकी रानी श्रीमती धनधारिणी
श्रीमती अपरम्पार, श्रीमती सहचारिणी ।

कैले हुन्छिन् उनी आगो कैले पानी बगाउने
कैले घाम निकै चर्को कैले हावा उडाउने ।

कैले नौनी सरी गल्ने कैले बज्र सरी हुने
कसरी रूप फेरिन्छ धन्य छन् श्रीमती उनी ।

प्रशंसा गर्दिँदा राम्रो निखार रूपकी परी
मान्छेमात्र कहाँ हुन्थिन् बन्छिन् ती मख्मलै सरी ।

कैले ती फूल झैँ हुन्छिन् आफ्नो काम पटाउन
बन्यो काम भइन् फुक्का बन्छिन् आगो डढाउन ।

मुसार्दछिन् उनी गाला हात पारन बेतन
भोलीपल्टै उनी ब्याघ्री बन्दछिन् किन बे—तन ।

घरी ब्याघ्री घरी गौरी बन्छिन् हे कसरी हरि !
बुज्नै सकिन मैले त बाटो देखाउ हे हरि ।

प्रार्थना उनकै गर्छु पूजा गर्छु घरी घरी
तैपनि खुस ती हुन्नन् लौन के गरुँ हे हरि ! ।

श्रीमती बन्न पाए त मजा हुन्थ्यो म सोच्दछु
श्रीमान बन्नु भन्दा त श्रीमती बन्न रोज्दछु ।

गृहलक्ष्मी म हुन्थेँ नि परिपूणर् सबैतिर
पसिना तर्तरी काड्दै घुम्दथिन् ती सबैतिर ।

देवी हुन् श्रीमती भन्दै प्रार्थना गर हे जन !
पार लाऊ भनी उन्मै लगाऊ तन औ मन ।

पार लागिन्छ हे मर्द ! देवी रुष्ट भए कहाँ ?
महात्म्य श्रीमतीको यो गाउनू सबले यहाँ ।

यो सानो महिमा गाऊ श्रीमती खुस पारने
उनै हुन् घरकी लक्ष्मी उनै हुन् भवतारणी ।

रिसाए श्रीमती हेर ! बाँच्नै बेकार बन्दछ
चाकडी श्रीमतीको नै गर्नू महात्म्य भन्दछ ।

शुभमस्तु शुभम् अस्तु, कल्याण गर हे परी
नपार भुमरी भित्र मर्नै पर्ने गरी गरी

गायो जस्ले भयो पार, नगाए हुन्छ लौ कहाँ ।
इतिश्री श्रीमतीको यो गाइयो महिमा यहाँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x