साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्ने भएँ अब

Nepal Telecom ad

भाँडभैलामा पनि हाँस्न सक्ने भएँ अब
धुलोमैलामा पनि बाँच्न सक्ने भएँ अब ।

लाज, डर सबै पचिसक्यो भने हुन्छ
पाइला–पाइलामा नै ढाँट्न सक्ने भएँ अब ।

ठुस्कीरहुन् ‘शान्ति’ मतलब भएन केही
खैलाबैलामा पनि सुत्न सक्ने भएँ अब ।

मगन्ते संस्कार गजबसँग सिकिसकेँ
दैला–दैलामा गै माग्न सक्ने भएँ अब ।

माग्दा नमिले धम्क्याएर अनि तर्साएर
थैला– थैलामा साँच्न सक्ने भएँ अब ।

ढुक्क हुनोस् आमा ! पक्कै छोरोले गरिखान्छ
पला–पलामा नाङ्गै नाच्न सक्ने भएँ अब ।
२०७१ माघ
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x