साधुराम खड्कानालायकहरू रहुन्जेल
प्रकृतिले जीवलाई कुनै भेदभाव गर्दैन
बाबुले छोरालाई कहिल्यै नि भाँड्दैन
नेताले जे होस् नियम कदापि मान्दैन
अनुहारले मान्छेको हृदय बुझिँदैन
नेताको कुटनैतिक चालको भर हुँदैन
मुखमा रामराम बगलीमा छुरा
भिरेर हिँड्नेको विश्वास गरिँदैन
सबै अक्षरबाट आउने नाम त ठिकै छ
तर प्राय ‘न’ बाट आउनेको आशै गरिँदैन
याद गर्नुस् हजुरहरू पुस मसान्तमा पकाको
माघे सङग्रान्तिमा पटक्कै बिग्रँदैन
हाम्रा हाउडे नेता पालैपालो सत्तामा नपुगेसम्म
देशले निकाश र संविधान पाउँदै पाउँदैन
काम नगर्ने कामचोरहरू नेता भएको देशमा
०७१ माघ ८ हैन ०७२ माघमा नि संविधान आउँदैन
आआफूमा लुछाचुँडी मात्र गर्छन्
कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा
हाले नि कहिल्यै सोझिँदैन
यी भ्रष्ट र नालायकहरू रहुन्जेल
देश र जनताले कहिल्यै शान्ति पाउँदैन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































