साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाम्नागेकोे ‘पत्याउँदा पत्याउँदै’ सार्वजनिक

Nepal Telecom ad

काठमाडौं । माघ १, ०७१ । हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेकोे छैटाैँ कृति ‘पत्याउँदा पत्याउँदै’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह आज यहाँ लोकार्पण गरिएको छ । समसामयिक विषयवस्तुमा तिखो प्रहार गर्दै चेतनायुक्त हास्य पस्कन सक्ने गाम्नागेको सो कृतिको विमोचन वरिष्ठ कवि तुलसी दिवसले गर्नुभएको हो ।

आफ्नो पचासौँ जन्मदिनका अवसरमा गाम्नागेले सो कृति प्रकाशनमा ल्याउनुभएको हो । सिस्नुपानी नेपालका अध्यक्षसमेत रहनुभएका गाम्नागेका ‘मुला कविता’ ‘राष्ट्रिय ए–कता ?’, ‘उहाँहरू संविधान बनाउँदै हुनुहुन्छ’, ‘बोकाको कविता’, मान्छे र आइमाई’, ‘गाली कविता’, ‘दिसा धोएपछि साबुनपानीले हात धुनुपर्छ’, ‘पत्याउँदा पत्याउँदै’ आदि गरी ४३ कविता सङ्ग्रहित छन् । कृतिमा वि.सं. २०४४ यताका फुटकर हास्यव्यङ्ग्य कविताहरू सङ्कलित छन् ।

ऐरावती प्रकाशनद्वारा प्रकाशित सो पुस्तकमा गाम्नागेकी अर्धाङ्गिनी गीताको ‘एक लभ स्टोरी’ शीर्षकमा भूमिका समावेश हुनु पनि नयाँ प्रयोग मानिएको छ । सो भूमिकामा गाम्नागेको रचनाधर्म र व्यक्तिगत आनीबानीसमेत चित्रण गरिएको छ ।

साहित्यकार दिवसले कविता कहिल्यै बासी नहुने बताउँदै हास्य कवितामा व्यङग्यको मात्रा पनि उत्तिकै हुनुपर्नेमा जोड दिनुभयो । समालोचक डा रामप्रसाद ज्ञवालीले गाम्नागेका कवितामा चेतनाको सौन्दर्य र जागृतिको पक्ष प्रचुर भएको टिप्पणी गर्नुभयो । स्तम्भकार सिके लालले गाम्नागेका कविता समसामयिक र मन छुने भएको बताउनुभयो ।

सिस्नुपानी नेपालद्वारा आयोजित लोकार्पण समारोहमा चट्याङ मास्टरले स्वागत गर्नु मन्तव्य दिनु भएको थियो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, सदस्यसचिव डा. जीवेन्द्र देव गिरी, डा. तुलसी भट्टराई, मोदनाथ प्रश्रित, सङ्गीत नाट्य एकेडेमीका कुलपति सरुभक्त,ललितकला एकेडेमीका कुलपति रागिनी उपाध्याय, प्राज्ञ नरनाथ लुइँटेल, गीता केसरी, यादव खरेल, काली प्रसाद रिजाल, माधव रेग्मी , बुद्धि प्रसाद आचार्य, हास्य कलाकार दिपकराज गिरी, धीरेन्द्र प्रेमर्षि, गीता केशरी, माधव रेग्मी लगायत प्रतिष्ठित धेरै स्रष्टा–सर्जकहरूको बाक्लाे उपस्थिति थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x