साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाई पनि क्या !!

Nepal Telecom ad

देशको सीमा मिचिएको कुरा अहिले नझिक्नुहोस् न,
अहिले हामि सरकारमा छौँ क्या !
१९५० को असमान सन्धिको कुरा झिकौँ न
अहिले हामि प्रतिपक्षमा छौँ क्या !

आज भोलि ममको साइज सानो भएकोमा आन्दोलन गरौँ न
अब हामी पनि नेता बन्नु पर्यो क्या !
रेडियो पत्रिका र टिभीका दैनिंक समाचारका विश्लेषण गरौँ न
हामी त यो देशका बुद्धिजीवी हौँ क्या !
पन्ध्रौँ शताब्दीमा माक्र्सले मलेसियामा गरेका आन्दोलनका कुरा गरौँ न
हामी त प्रगतिशील बुद्धिजिबी हौँ क्या !
अनि बी.पी.ले लेख्नु भएको चिसोचुल्हो शीर्षकको बालकथाको कुरा गरौँ न
हामी त प्रजातन्त्रवादी बुद्धिजिवी हौँ क्या !
तपाई पनि क्या !!

जुलुस धर्ना आन्दोलन केहि नगर्नुहोस् न, यसले देशलाई नोक्सान पुर्याउँछ
अहिले हामी सरकारमा छौँ क्या !
आउनुहोस् हाम्रो आन्दोलनमा सहभागी हुनुहोस् न
अहिले हामि प्रतिपक्षमा छौँ क्या !

घोषणा गरिएका नगरपालिकाहरूको सीमाङ्कन नमिलेकोमा आन्दोलन गरौँ न
हामी पनि नेता बन्नु पर्यो क्या !
सोलोडोलो भारतको बिरोधमा गफ गरौँ न
हामी त राष्ट्रवादी हौँ क्या !
नेपालप्रति भारत चीन अमेरिका रुस र तान्जानियाको नीति विश्लेषण गरौँ न
हामी त अन्तरराष्ट्रिय राजनीतिक विश्लेषक हौँ क्या !
तपाईं पनि क्या !!
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x