साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार मेरो जुनी !

Nepal Telecom ad

ब्वाँसो बाघ र भालु बृद्ध रुखको यौटा छहारीमुनि
भेला भैकन बोल्न पो शुरु गरे मान्छे दुरुस्तै बनी
आई बाँदरका बथान पनि त्यै साझा सभामा बसे
काला काग र गिद्ध ती पनि त्यहीं आई पलेटी कसे ।

आए बैठकमा जनावर अरू बाँकी रहेका पनि
मीठा बात गरे तुरुन्त सबले बानी सुधार्ने भनी
ब्वाँसोले पहिले कुरा शुरु गर्यो मासू नखाने भनी
पाटे बाघ घुर्यो भन्यो अब कुनै बाख्रा नमार्ने भनी ।

धेरै खान्न भनी अजिङ्गर अहो ठूलै भलाद्मी बन्यो
गोहीले ब्रत बस्छु मान्छु भगवान् गर्नेछु पूजा भन्यो
कुर्ले स्यालहरू समेत कुखुरा चोरी नखाने भनी
बोले बाँदरले मनुष्यहरूका बारी ननास्ने भनी ।

च्वाँचेले पनि घोषणा गरिदियो बिष्ठा नखाने भनी
गल्लीमा नलठारिने प्रण गरे कुत्ताहरूले पनि
बोले साँपहरू उसै तरहले बिच्छी अरिङ्गालले
डस्दैनौं अबदेखि मानिसहरूलाई खुनी चालले ।

साँढेले अबदेखि युद्ध झगडा कैल्यै नगर्ने भने
बोलेरै मुखले जनावर सबै ज्ञानी महात्मा बने
यी यस्ता हितका कुरा कति सुनें सुन्दै छु ऐले पनि
मान्छे भैकन बुझ्न चैं सकिन यो धिक्कार मेरो जुनी !
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x