साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसरी हुन्छ संविधान बनाऊ

Nepal Telecom ad

पलेटी कसेर होस् कि
वानेश्वरमै बसेर होस्
भोट्का खाऊ, चोक्टा खाऊ
टन्न रक्सी भकुरेर
ह्वास ह्वास्ती गनाऊ
तर नेताज्यू
जसरी हुन्छ संविधान बनाऊ ।

भत्ता खाऊ कि सत्ता खाऊ
कमिसनको नाममा अल्कत्रा खाऊ कि
हरिया हरिया पत्ता खाऊ
फेरि गल्ती गरेर
मन्दिरको बोको जस्तो ठसठसी नगनाऊ
नेताज्यू यसपाली
जसरी हुन्छ संविधान बनाऊ ।

छिमेकीलाई बोलाऊ
युरोपियनलाइ बोलाऊ
सक्छौ भने ओबामालाई बोलाऊ
तर नेपाल सुहाउँदो संविधान बनाऊ
घमण्ड छोड, हात जोर
मिल्दैनन् भने टाउकै फोर
तर नेताज्यू
यसपाली पनि
बनाउने कि नबनाउने भनी नअनकनाऊ
कसरी हुन्छ संविधान बनाऊ ।

बन्द हड्ताल बन्दै गर
बन्द हड्तालले देश बन्दैन
बन्द गर्नेलाई कसैले स्याबास भन्दैन
देश बिग्रे संसारले गन्दैन
संसारलाई देख
संविधान लेख
काम नपाएको जस्तो भैंसेलुतो नकनाऊ
नेताज्यू
जसरी हुन्छ संविधान बनाऊ ।

ग्यास तेल नपाएर
शहरमा हाहाकार छ
कालो बजारियाले मान्छे खाँदै डकार्छ
छोरोको शुल्क तिर्न नसक्दा
कलेजले हकार्छ
हरेक दिन तोरीको फूल देख्ने गरी
महँगीले पछार्छ
सुशासन ल्याऊ राहत ल्याऊ
सड्न लागेको त्यो बुद्धि ख्याऊ
समय बर्बाद पारेर
आफैंले छर्केको काउछो नकनाऊ
नेताज्यू
यसपाली त
जसरी हुन्छ संबिधान बनाऊ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x