साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्ततः घुस !

Nepal Telecom ad

प्रमाण सारा पनि राखिदिन्छु म
भेटे जुटेका सब तथ्य दिन्छु म
हजार बिन्ती पनि बारबार छ
विनम्र बोलीसित द्वारद्वार छ ।

पठाउँछन् यो अनि त्यो कुनाकुना
म भेल बाढीसरि पुग्छु चौगुना
अनेक कुर्सीबिच पुग्न खोज्दछु
धपाउँछन् हिंस्रकझैँ म बन्दछु ।

यथेष्ट राखी सब तथ्य नै दिएँ
मिलाउँदै रीत पुगेर सुम्पिएँ
यताउता धेर गरी झुलाउँछन्
अबेर होस् कामसरि बनाउँछन् ।

ढिलो गरेको जब बुझ्न थाल्दछु
विनम्रता झन् अब पोख्न थाल्दछु
सुन्दैन कोही सब मौन बन्दछन्
मिलेन केही यति मात्र भन्दछन् ।

रहस्य बुझ्दै जब बढ्न थाल्दछु
जहाँ पुगूँ त्यो मन एक ठान्दछु
हुँदैन केही घुस नै जताततै
सुटुक्क खल्तीभरि खोज्छ जोसुकै ।

बुझेर आफै अति नम्र नै भई
गरूँ प्रभो ! के यति सामुमै गई
मुसुक्क हाँसी जब राख्न थाल्दछु
मिलेन थोरै यति मात्र सुन्दछु ।

थोरै दिए हुन्न भनी हकार्दछन्
दिनै नसक्दा सब काम रोक्दछन्
ल हुन्छ धेरै अब दिन्छु दिन्छु म
भने गरेको सब मान्छु मान्छु म ।

म बाध्य बन्दै अब अख्तियारमै
पुगी जुटाएँ सब द्रव्य द्वारमै
बने सबैका करबाट काम ती
भलो हओस् यो सब कर्म पद्धति ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x