साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो भाग्य आफैं कोरौँ !

Nepal Telecom ad

स्कुलले परीक्षाफल प्रकाशित गर्यो
महान विद्यार्थीको सिङ्गै समूहलाई फेल गर्यो
बाध्य भएर महान विद्यार्थीको सशक्त समूहले
खबरदारी सभाको आयोजना गर्यो
स्कुल चौरमा शक्ति प्रदर्शन गर्यो ।

सबै जाति, जनजाति, लिङ्ग, बर्ग र समुदायका विद्यार्थी
जाँच नदिएका, दिन नसकेका र दिन नपाएका विद्यार्थी
बर्षौंदेखि परीक्षामा फेल गराईएका र भएका विद्यार्थी
कैयन आन्दोलनका घाइते र सहिद विद्यार्थी
सम्पूर्ण विद्यार्थीको त्यत्रो त्याग तपस्या र बलिदानको अपमान गर्दै
स्कुलले परीक्षाफल प्रकाशित गर्यो
महान विद्यार्थीको बलिदानी समूहलाई फेरि फेल गर्यो
विद्यार्थी बिरोधी चरित्र प्रदर्शित गर्यो ।

स्कुलले विद्यार्थीमाथि दमन शोषण अन्याय र अत्याचार गर्यो
सामन्तवादी, नोकरशाही, विदेशी दलालको चरित्र प्रदर्शित गर्यो
आन्दोलित विद्यार्थी समूहसँग बिगतमा पटक पटक भएको
सहमति र सम्झौताको बेवास्ता गर्यो ।
बर्सौंदेखि दमित, दलित, शोसित, अपहेलित विद्यार्थीमाथि फेरि आक्रमण गर्यो
स्वाभिमानी विद्यार्थीको पास हुन पाउने अधिकारमा निर्मम प्रहार गर्यो
स्कुलले आफ्नो सर्वसत्तावादी चरित्र प्रदर्शित गर्यो
महान विद्यार्थीको सिङ्गै बलिदानी समूहलाई फेल गर्यो ।

विद्यार्थीको काम पढ्नु हो, यो हामीलाई कसैले सिकाई रहनु पर्दैन
तर यो आजको असामान्य परिस्थितिमा सामान्य नियम लागू हुँदैन
सिङ्गै शिक्षा नीति संक्रमण कालबाट गुज्री रहेको छ
विद्यार्थीको भविष्य विद्यार्थी आफैले लेख्ने बेला आएको छ
शिक्षक हुनेले सत्ता र शक्तिको दम्भ नदेखाए हुन्छ
हामी सप्पै विद्यार्थी एकजुट भएर स्कुल कब्जा गर्र्यौं भने
आजसम्म फेल भएका र फेल गराईएका सप्पै विद्यार्थी पास हुन्छौँ
उपस्थित सबै फेल विद्यार्थी साथी हो !
अब परीक्षाफल स्कुलले होइन, यही आमसभाबाट प्रकाशित गर्छांै ।

हामी एकजुट भएर यो आन्दोलनलाई सफल पारेपछि
हामीले स्कुल कब्जा गरेपछि
सप्पै विद्यार्थी पास हुने छन्
उनीहरूले पास गराएका मात्रै डाक्टर इन्जिनियर वकिल प्राध्यापक हाकिम हुने
बर्तमानको यो अन्यायपूर्ण परम्परागत शोषण र दमनकारी प्रणालीको अन्त्य हुने छ
अनि, आन्दोलनकारी शक्तिका सप्पै साथीहरू
डाक्टर इन्जिनियर वकिल प्राध्यापक हाकिम हुनु हुनेछ
आउनुहोस्, आजको यो महान क्रान्तिलाई सफल पारौं
मास्टर चुटौँ, बेञ्च ब्ल्याक बोर्ड तोडौँ, प्रशासनकाको टाउको फोडौँ
महान क्रान्तिकारी विद्यार्थीको शक्ति प्रदर्शन गरौँ
आफ्नो भाग्य आफैं कोरौँ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x