बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जनता होसियार
सङ्घीय भाव भङ्गीय होला ? तिल्के र कथुरे
सङ्घीय चाह रङ्गीय बन्ला ? राज्य–कोष भकुरे
सङ्घीय–राज्य जङ्गीय बने बलिदान फुस्सा भो
दम्भ र स्वार्थ अहंमा डुग्रे राष्ट्रलाई घुस्सा भो ।
फलाको मात्र लोकको तन्त्र ? भावना साँगुरो
झोंक र भोक रोगको तन्त्र लोकतन्त्रै माकुरो
हिटलर–लुई–मुसोलिन बुई चढ्ला है साँढेले ?
बिरालो, बाँदर, गिद्ध झैँ गर्लान् शासन–पाँडेले ।
गणको तन्त्र विरुप पारी गाँडको तन्त्रमा
निमुखा थिच्ला जङ्गेझैँ बम्की भाँडको मन्त्रमा
टाँडमा चढ्ला मातेको साँढे जनता होसियार
गणतन्त्र होला गाँडुको तन्त्र जनता होसियार ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































