साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कारी ब्युँझेलान् है

Nepal Telecom ad

सोच्न बाध्य बनाउँछन् यी नियतिका चालहरूले
जथाभावी खुँडा किन खेलाउँछन् यी कालहरूले ?

नानाथरी जुक्ति जुटाई खाल बसाउँछन् जुवाडेनै
जुवाडेकै उठिबास पो लगाइदिन्छन् खालहरूले ।

क्यै नगर्ने नाइकेले नि आनन्दसाथ जिएकै छन्
कर्म गरौँ भन्नेलाई नै पछ्याइरन्छन् गालहरूले ।

पानीबाट छुटाइन्छन् मारिन्छन् हौ माछीहरू
जीवन दानमा बक्सँदैनन् जालहारीका जालहरूले ।

हराभरा भएँ भनी मक्ख पर्छन् थाँक्राहरू
आफ्नै स्वार्थ पुरा गर्छन् घिरौँलाका झालहरूले ।

बगर पनि बैरागी त हुन्न होलान् जस्तो लाग्छ
नत्र किन घरीघरी चुम्न आउँथे छालहरूले ?

तडकभडक बिर्सिएर सभ्य शालीन बन्नु नारी
बलात्कारी ब्युँझेलान् है तिम्रा आफ्नै चालहरूले ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
0
Would love your thoughts, please comment.x
()
x