साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्य वचन

Nepal Telecom ad

पानी–साबुनले गधा जति धुनोस् गाई कहाँ बन्छ र !
भालूले करुणा सुनोस् जतिसुकै हिंसा कहाँ छाड्छ र !
दुष्ट श्याल पसी बसोस् शहरमा छोड्दैन चोर्ने मति
ल्याऊँ जङ्गलबाट मानिस टिपी सुध्रन्न उस्को गति ।।१।।

ढुङ्ग्रोमा जति राखुँ पुच्छर कसी सीधा कहाँ बन्छ र !
बाह्रै वर्ष बितोस् सधैँ कुकुरको बाङ्गै छ त्यो पुच्छर
घोकाऊँ जति वेद मूर्ख कहिल्यै बन्थ्यो र के पण्डित !
बानी जङ्गलबासको बसिसक्यो छुट्ला कहाँ त्यो अब ! ।।२।।

बोको होस् जति नै ठुलो र बलियो दाईं कहाँ गर्छ र !
सुक्खा बादल गर्जियोस् गगनमा पानी कहाँ पर्छ र !
खोलाको गति फर्किएर शिरमा बग्ने गरोस् तैपनि
फेरिन्थ्यो किन चित्त हाय ! सजिलै प्रेमी हुँदा बैगुनी ।।३।।

माग्नेमाथि दया गरौँ जतिसुकै बन्दैन माग्ने धनी
हिंसापूर्ण विचार भित्र छ भने के काम सुध्रे पनि ?
अल्छी मानिस स्वादको पछि कुदी गर्दैन आपूm श्रम
स्वप्ना बन्दुक मात्र देख्दछ भने हो क्रान्तिकारी भ्रम ।।४।।

गाई गोरुविना बनोस् जुनिभरी थारो कहाँ ब्याउँछ ?
साँढे हो जति डुक्रियो सडकमा बेअर्थ निम्त्याउँछ
यौटा हात शरीरमा यदि भए बज्दैन ताली पनि
लड्ने मात्र सधैँ कुरा गरिरहे टिक्दैन काहीँ पनि ।।५।।

मान्छेमा जन–चेतना दिनुपरे चाहिन्छ आन्दोलन
त्यै आन्दोलनका सधैं पछि कुदे बन्थ्यो र के जीवन ?
मान्छेका सुविचार मन्थन गरे भेटिन्छ बाटो नयाँ
आफ्नै मात्र विचार लाद्दछ भने पुग्ला र टाढा कहाँ ? ।।६।।

लड्दैमा जनवाद आउँछ भने लड्थे सधैँ मानिस
मर्दै मात्र शहीद बन्दछ भने मर्थे सबै मानिस
आयो माग छँदा कुनै समय त्यो फर्की कहाँ आउँछ ?
पानीको गतितर्पm पौडिन सके पो पार भेट्टाउँछ ! ।।७।।

मान्छेमा पनि भूल हुन्छ कति ता जानी नजानीकन
ज्ञानी गर्छ सुधार, मूर्ख जन त्यो हेर्दैन फर्कीकन
मैलो गाल्न पखाल्न सक्तछ भने खुल्ला उज्यालो प्रभा
आपैंmमा झगडा खडा गरिरहे भेट्दैन राम्रो कुरा ।।८।।
महाकवि देवकोटा आश्रम, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एक ज्येष्ठ नागरिकको कथा

एक ज्येष्ठ नागरिकको कथा

ज्यो. रत्ननिधि रेग्मी
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x