साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी प्रवेश

Nepal Telecom ad

बुढ्यौलीमा कस्तो कस्तो रोग लाग्ने होला
कहाँबाट उपचार खर्च ल्याउने होला
उपचारै नपाएर त्यस्सै मरिने भो
त्यस्कै लागि पनि एउटा पार्टी समाइने भो ।

उमेरमा बरालियो घरजम जोडिएन
बिगार्न चैं अर्काको पनि छोडिएन
मर्नेबेला कोहि छैन पानि नपाइने भो
त्यस्कै लागि पनि एउटा पार्टी समाइने भो ।

यत्रो ऋण लागेको छ कहाँबाट तिर्ने ?
कुनै बाटो हिँड्नुहुन्न आउँछन सबै छेक्ने
साहुहरूले लखेटेर बाँच्न नपाइने भो
त्यस्कै लागी पनि एउटा पार्टी समाइने भो ।

त्यो बेलामा जानिएन पापै गरियो
पछि सबले थाहा पाए गावै हल्लियो
लाजले पनि गाउँमा अब बस्न नपाइने भो
त्यस्कै लागि पनि एउटा पार्टी समाइने भो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x