साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यति पुराना नेता भए

Nepal Telecom ad

डाइनासोरहरू धरतीमा घुम्थे
तिनीसँग नेता लुकामारी खेल्थे
तिनका अण्डा चोरी चोरी खाए
अण्डा जत्ति सब सिद्धयाए
अनि डाइनासोर लोप गराए
बाँकी हाम्रा नेता रहे
यति पुराना नेता भए ।

इतिहास विषय छँदै थिएन
हिमाल फुच्चे अग्लो थिएन
बिजुली, रेडियो, टिभी, थिएन
कम्प्युटर टेलिफोन केहि थिएन
सप्पै ब्ल्याक एण्ड ह्वाइट हुन्थ्यो,
अन्द्रधनुष पनि रंगिन थिएन
कति ढुंगे युग आए गए
बाँकी हाम्रा नेता रहे
यति पुराना नेता भए ।

जिउ हेर्दा तिते करेला
किसमिस जस्ता यिनका गाला
छोकडा ठानी कोहि खाला
सेतै फुलेका घोप्टे परेला
कयौं सभ्यता आए गए
बाँकी हाम्रा नेता रहे
यति पुराना नेता भए ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x