चट्याङ मास्टरमा प से
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनुहोस्
एक घण्टा सित्तै पढ्न पाइन्छ
मौकाको फाइदा उठाउनुहोस् ।
१
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी नचलाउनुहोस्
छचल्किएर महँगो मादक पदार्थ पोखिन सक्छ
रिम झिम रिम झिम सबै राम्रो देखिने त्यो बेला
कुरुप पनि सुन्दरी या ह्यान्डसम देखिन सक्छ ।
२
मादक पदार्थ सेवन गर्दैमा मानिसको क्षमता बढ्दैन
रक्सी खाएको मानिसको मुखमा कुकुरले जे गर्न सक्छ
जति रक्सि खाए पनि मानिसले त्यो कुकुरको मुखमा गर्न सक्दैन ।
३
मापसे गरेर सवारी चलाउँदा
बरु सवारीमा ब्रेक लगाउन सकिन्छ,
बोलीमा ब्रेक लगाउन सकिन्न ।
४
रक्सीले बिस्तारै मृत्यु बोलाउँछ भन्छन्
मलाइ पनि हतार पो के छ र ?
मृत्युलाइ बोलाउने बोलाउँदै गर्छन्
बोलाउँदैमा मृत्यु आउँछ नै भन्ने के छ र ?
५
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































