प्रेम ओली ढकलपुरेढ्याङ्ग्रो बजाइ राख
बजाइ राख कान्छा
ढ्याङ्ग्र्रो बजाइ राख
कतै चल्न नसकेको त्यो
खोटो सिक्का
यतै भजाइ राख ।
देशमा अझै
टुनामुना मान्ने धेरै छन्
गाउँघर तिमीलाई
ठुलो ठान्ने अझै छन्
बजाइ राख कान्छा
ढ्याङ्ग्र्रो बजाइ राख
कतै चल्न नसकेको
त्यो थोत्रो नोट
यतै भजाइ राख ।
लेनिनको फोटो राखेर हुन्छ कि
माक्र्सको तस्बिर टाँगेर हुन्छ
स्टालिन फोटो राखेर हुन्छ कि
माओको मदत मागेर हुन्छ
बजाइ राख कान्छा
ढ्याङ्ग्र्रो बजाइ राख
कतै चल्न नसकेको
त्यो झुत्रो फोटो
यतै सजाइ राख ।
समाजवादको नारा राखेर हुन्छ कि
साम्यवादको
सर्वहाराको नारा राखेर हुन्छ कि
सर्वमान्यवादको
छेपारो जस्तो फेरेर हुन्छ कि
गोहीको आँसु राखेर हुन्छ
बजाइ राख कान्छा
ढ्याङ्ग्र्रो बजाइ राख
कतै चल्न नसकेको
त्यो थोत्रो नोट
यतै भजाइ राख ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































