साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आम हड्ताल गरौँ है आमा

Nepal Telecom ad

आज आम हड्ताल गरौँ है आमा
स्कुल नगई घरमै खेलौँ है आमा
म जिन्दावाद भन्छु
तपाईं मुर्दावाद भन्नुहोस् है आमा
आज आम हड्ताल गरौँ है आमा ।

मेरो पुरानो साइकलमा
तपाई आगो लगाउनुहोस्
म तपाईंलाई लट्ठीले बिस्तार पिट्छु
तपाईं भुइँमा लड़नुहोस्
अनि प्वाँई प्वाँई कराउने मोटर आउँछ
त्यो मोटरमा तपाई र म चढौँ है आमा
आज आम हड्ताल गरौँ है आमा ।

ऊ त्यो पसले आन्टी त कस्तो झुटो बोल्नुहुन्छ
उहाँ त ब्याड गर्ल नै हुनुहुन्छ
कत्ति धेरै चकलेट बेलुन छ पसलमा
तैपनि छैन हुन्न मात्र भन्नुहुन्छ
तपाईं र म त्यो आन्टीलाई मिलेर ढुङ्गा हानौँ है आमा
आज आम हड्ताल गरौँ है आमा ।

उ त्यो पल्लो घरको मोटरवाला अङ्कल पनि गुड ब्वाई हुनुहुन्न

मोटर चढ्न दिनुहुन्छ तर, ह्यान्डल समाउन दिनुहुन्न
जहिले पनि मलाई तिमी सानै छौ भन्नु हुन्छ
ल हेर्नोस् म यत्ति अग्लो भई सकेँ
म सानु छु त आमा ?
त्यो अङ्कलको मोटरमा पनि मिलेर ढुङ्गा हानौँ है आमा
आज आम हड्ताल गरौँ है आमा ।

तपाईंको धोती अलिकति च्याती
म झन्डा बनाउँछु है आमा
म झण्डालाई माथि उचाल्छु
तपाईं थपडी बजाउनुहोस् है आमा
अनि तपार्इं झण्डा उचाल्नुहोस्
म सिट्ठी बजाउँछु है आमा
पालै पालो झण्डा बोक्दै बेस्करी कराउँ है आमा
आज आम हड्ताल गरौँ है आमा ।

आमा, मुखले सिट्ठी कसरी बजाउने ?
मलाइ सिकाइ दिनुहोस् है आमा
जब म बेस्सरी सिट्ठी बजाउँछु
तपाईँ बुरुक्क उफ्रनुहोस् है आमा
अनि म पनि बुरुक्क उफ्रन्छु
तपाई र मसँगै उफ्री उफ्री जिन्दावाद भनौँ है आमा
आज आम हड्ताल गरौँ है आमा ।

पालै पालो झण्डा बोक्दै
पालै पालो मुर्दावाद भन्दै
ब्याड गर्ल आन्टीको पसलमा ढुङ्गा हान्दै
ब्याड ब्वाई अङ्कलको मोटरमा पनि ढुङ्गा हान्दै
मेरो त्यो भाँचिएको साइकल बाल्दै
पालै पालो त्यसलाई लात्तीले हान्दै
पुइँ पुइँ मोटर चढ्दै घुम्दै
स्कुल नगई घरमै खेलौँ है आमा
आज आम हड्ताल गरौँ है आमा ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x