चट्याङ मास्टरको उल्लु ?
तिन करोड नेपालीलाई
बिस वर्षसम्म लगातार मुर्ख बनाइ रह्यो
कस्तो मुर्ख नेता रहेछ ।
तिन करोड नेपालीलाई
बिस वर्षसम्म लगातार उल्लु बनाइरह्यो
कस्तो उल्लु नेता रहेछ ।
तिन करोड नेपालीलाई
बिस बर्स सम्म लगातार हुस्सु तुल्याई रह्यो
कस्तो हुस्सु नेता रहेछ ।
तिन करोड नेपालीलाई
बिस वषसम्म लगातार कुइराको काग बनाई रह्यो
कस्तो आँखा नदेख्ने नेता रहेछ ।
जनता त ज्ञानी, राति पनि आँखा देखनी,
प्रस्ट बिचार भएका त्रिकालदर्शी स्वाभिमानी
नेता त साँच्चै मुर्ख, उल्लु र हुस्सु अभिमानी
त्यसैले गर्नु नगर्नु जे गर्नु उसैले गर्छ बाबु नानी !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































