साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेक अप

Nepal Telecom ad

श्रीमतीको मेकअप खर्च बेहोरी नसक्नु छ
मेकअप बिना उसको अनुहार हेरी नसक्नु छ ।

मेकअप खर्च अप का अप छ मेक चैं डाउन छ
बिल तिर्ने म एक्लै छु हेर्ने सारा टाउन छ ।

अपचले मेरो बढ्यो औषधिको खर्च
मेकअप पो उनले गर्छिन, चाट्न मैले पर्छ ।

उता रंग टनाटन छ यता पेट छ खालि
थाहा छैन आजसम्म, गोरी छ कि काली ।

पोतेको छ रंग नै रंग सप्पै जिउ भरी
यसको रंग खुइलियो भने चिन्नु कसो गरी ?

होटेलको खाना महँगो तिरी नसक्नु छ
घरकै खाना खाउँ भने निली नसक्नु छ ।

मेक नगरौं बरु ब्रेकअप गरौँ, मैले भनेकै हो
बिहान त्यो भने पनि, राति सोरी भनेकै हो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x