साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा गैंडा

Nepal Telecom ad

हेटौंडा बजार पसेका गैंडा दाइको
अन्तरवार्ता लिंदै मैंले सोधें–
हजुर त राष्ट्रिय जनावरज्यू,
जंगलमा मंगल मनाउनु हुन्छ
हरियो सयमा त झन सुहाउनु हुन्छ
सबैले त्यही मन पराउनु हुन्छ
यस्तो जंगलको आनन्द छाडेर,
किन पस्नु भयो सहर
घमासान मचाउन ?
गैंडाले जवाफ फर्कायो,
हामी भन्दा त अचेल
तपाईंहरूनै घमासान मचाउनु हुन्छ
कुर्सी भाँच्नु हुन्छ– माइक फ्याँक्नु हुन्छ
म कहाँ हिँडेको घमासान मचाउन ?
म त हिँडेको छु राजधानी,
तपाईहरूले नभ्याएर
संविधान बनाउनमा केही भए पनि सघाउन ।
आखिर राष्ट्रिय जनावर भएपछि
हामीलाई पनि हाम्रो
राष्ट्रिय कर्तव्यको ज्ञान छ ।
ओहो के तपाईं कुनै चोरी शिकारी त होइन
म देख्दैछु भेटेदेखि नै तपाईंको
मेरो सिङतिरै मात्र ध्यान छ ?
भाग शा…!! फेरि हानिदिउँला नि ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x