साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचेल त झ्याप्पै कमाछु

Nepal Telecom ad

तिमीले बोर्डिङ्ग स्कूल पनि हाल्देनौ
सरकारी स्कूल पढन सकेन
ब्यापार गर्छु भन्दा पनि थाल्देनौ
राजधानी पसे पछी
नेतालाई च्याप्प समाछु
कसैको सरुवा गराएर
कसैको बढुवा गराएर
बा अचेल त मैले झ्याप्प कमाछु ।

सानो पेशा गर्छु भन्दा सुको झारेनौ
बिदेस तिर जान्छ् भन्दा कतै चाहरेनौ
काठमाडौं आए पछि 
एउटा मन्त्रीलाई च्याप्प समाछु
प्रहरीमा मान्छे हालेर होस कि
आर्मिमा मान्छे भर्ना गरेर होस
बा अचेल त मैले झ्याप्प कमाछु ।

बैंकबाट लोन लिन्छु भन्दा
तिमीले मान्दै मानेनौ
माछा पालन गर्छु भन्दा
त्यो पनि उचित ठानेनौ
राजधानीमा बसे पछि 
एउटा गुण्डा च्याप्प समाछु
दुङ्गा गिट्टी झारेर भए पनि
ठेक्का पट्टा पारेर भए पनि
बा अचेल त मैले झ्याप्प कमाछु ।

भटभटे किन्देउ भल्दा सुनेनौ
साइकलै भए पनि हुन्छ भन्दा
कुरो मनमा गुन्दै गुनेनौं
म त राजधानी आए पनि
बाटोमा राम्रो देख्यो कि उठायो
धित मरुन्जेल कुदायो
पार्ट पुर्जा बेचेर भए पनि
पैसो समाउछु
बा अचेल त मैले झ्याप्प कमाछु ।
दाङ, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x