साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तनहुँको भानु महोत्सवमा प्राज्ञहरू

Nepal Telecom ad

तनहुँ, ०७२ बैशाख ३, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा जीवेन्द्रदेव गिरीले साहित्य कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनका निम्ति प्रज्ञा प्रतिष्ठान क्रियाशील रहेको बताउनु भएको छ ।

तनहुँको भन्सारमा आयोजित प्रथम भानु महोत्सवका अवसरमा सम्पन्न साहित्यिक एवम् सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गिरीले समारोहमा प्रस्तुत लोकनृत्य, लोकगीत र कविताहरूले हाम्रो देशको समुन्नतिको आकाङ्क्षा प्रस्तुत गरेको चर्चा गर्नु भयो ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नरनाथ लुइँटेलले चुँदी रम्घामा केही वर्षअघि आयोजित भानु महोत्सवमा आफू पनि सहभागी भएको स्मरण गर्दै यस किसिमका महोत्सवहरूले मौलिक नेपाली संस्कृति एवम् सांस्कृतिक क्रियाकलापहरूलाई जीवन्त राख्न मद्धत पु¥याइरहेको बताउनु भयो ।

ग्रामीण महिलाहरूको उल्लेख्य सहभागिता रहेको समारोहमा प्राज्ञ लुइँटेलले आमाको महिमा गाइएको ‘ठूली’ काव्यबाट केही अंश वाचन गर्दा सबै मन्त्रमुग्ध भएका थिए ।

जनसाहित्यिक मञ्चका अध्यक्ष एवम् कवि राम विनय, भाषा तथा लोकसाहित्य मञ्च नेपालका केन्द्रीय सचिव कृष्णराज ढकाल, गण्डकी वाङमय तनहुँका अध्यक्ष सागर उदास, भानु विकास समितिका सदस्य शान्ता ढकाल पनि अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा कवि राम विनय, नारायणप्राद शर्मा, मधुकला आचार्य, शिवबहादुर अधिकारी, शान्ता बाँस्तोला लगायत स्थानीय स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा हास्यकलाकार राजारामद्वारा हास्य प्रस्तुतिका साथै लोकदाहोरीका स्थापित कलाकारहरू जीवन दाहाल, मनमाया वाइबा लयायतका कलाकारहरूहरूद्वारा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता भानु जन्मस्थल विकास समितिका अध्यक्ष विष्णुहरि पाण्डे र कार्यक्रमको सञ्चालन समितिका निर्देशक शंकर रानाभाटले गर्नुभएको थियो ।

उद्योग वाणिज्य सङ्घ तनहुँले गत चैत्र २७ गतेदेखि तनहुँको भन्सारमा सप्ताहव्यापी प्रथम भानु महोत्सवको आयोजना गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x