साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडा

Nepal Telecom ad

बेइमानी यिनको धर्म बेइमानी यिनको कर्म
जसलाई परोस जे मर्म, गैँडाको यिनको चर्म
साँचो नबोल्ने यी छन् पÞmट््याइँमा रमाउने
लक्ष छ यिनको एउटै देशै लुटी कमाउने ।

जनता यी हाम्रा भेडा बोलाउँछौ सडकमा
भ्या भ्या यी गर्दै आउँछन् हाम्रो मजा लहडमा
हाम्रै इशारामा यी तैयार मर्न मार्न
हाम्रो छुरा तयार छ यिनका ती छाला तर्न ।

भेडै छ भेडो जाति आउ चराऊँ साथी
बस्थे पहिले गोठ खोज्छन् अहिले पार्टी
तन्त्र र मन्त्रका लौ भाषण केही सुनाइदेऊ
झण्डा बोकाई एउटा चाहे जति मजा लेऊ ।

सिद्धान्त केहि भन्देऊ भेडा त्यसै रमाउँछन्
उफ्रेर धेर सडकमा हेर भेडा कराउँछन्
मुठ्ठी उचाली देशलाई नयाँ बनाउने भन्छन्
देखे केही बनेको ध्वस्तै बनाइ छोड्छन् ।

भेडाको भिडदेखि मानिसहरु डराउँछन्
भेडा अगाडिलाइ ब्वाँसाहरु रमाउँछन्
भेडा र ब्वाँसा दुइटै ओहो मिलेको हेर
यिनको त्यो भिडमा मानिस जिउंँदै मरेको हेर ।
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x