साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माइलाको अस्तित्व

Nepal Telecom ad

जेठाको भाइ र साइँलाको दाइलाई माइलो भनिन्छ । भाइ जेठाको मात्र भए पनि दाइ चाहिँ कान्छाको पनि हुन सक्छ माइलो । उसका बाबुका चार भाइ छोरा रहेछन् भने त साइँलाको नै दाइ होला तर तीन भाइ छोराहरू रहेछन्् भने ऊ कान्छाकै दाइ हो भन्ने ठोकुुवा गर्छु । त्यसभन्दा तल काइँलो, राइँलो, ग्वाइँलो, घाइँलो, ठाइँलो हुँदै अन्तरे, जन्तरे, खन्तरे, लखन्तरे र पानीमन्तरेसम्म जतिसुकै भाइहरू भए पनि ऊ सबैको दाइ हुन्छ । जेठो नभइदिँदो हो त ऊ नै सबैको दाइ हुन्थ्यो । त्यसैले माइलालाई अरु भाइसित भन्दा बढी जेठासित नै रिस उठ्छ होला । आपूmलाई सबैको दाइ बन्न नदिने उही त हो नि । राइँला, ग्वाइँला, घाइँला जस्ता शब्दहरू त अब शब्दकोशमै भेटिन छोडिसके । जन्तरे, लखन्टरे, पानीमन्तरे जस्ता शब्दको अर्थ अहिलेको पुस्ताले जान्दैन । साइलो र काइलोसम्म भने मुस्किलले भेट्न सकिन्छ । अन्तरे जन्तरेहरू त डाइनोसर नै भइसके । अब साइला काइलाहरू पनि पाटेबाघ भैmँ लोपोन्मुख अवसथामा छन् । यो विकासे युगले यस्तै गति कायम गर्ने हो भने अब माइलाकै अस्तित्वमाथि प्रश्न उठ्छ कि ?

जेठो कान्छो बाबु नानी साइलो माइलो आनामानी भन्ने उखान मैले आमाको मुखबाट सुनेको हुँ । मैले सुनेका सत्य हरिश्चन्द्र कथामा आफ्नो छोरालाई बचाउन हरिश्चन्द्रले किनेर ल्याएको केटो पनि माइलो थियो । अझ गरुड पुराणमा त जेठाले नै बाबुको काज किरिया गर्न पर्नेकुरा तोकेर लेखिएकोछ ।उसो भए माइला साइला जस्स्ता अरु छोराहरूको जन्म किन चाहियो? पौराणिक कालदेखि नै माइलाहरू यसरी अपहेलित हुँदै आएका थिए । राजाको जेठो छोरो र जनताको कान्छो छोराकोमात्र मान्यता थियो । माइलो साइलोको कुनै मूल्य थिएन । किनभने राजाको जेठो छोरोले मात्र राजगद्दी पाउँथ्यो । अरु भाइहरूको कुनै अर्थ हुँदैनथ्यो । जनताको भने कान्छो छोराले बाबुको उत्तराधिकारी हुने प्रचलन थियो । माइलो साँइलो जस्ता थुप्रै सन्तानहरू केबल डाँडाकाँडा ढाक्नका लागि जन्माइन्थे ।

सनातन धर्मको विपरित गएर होला हाम्रो देशमा राजतन्त्र नै समाप्त भयो । माइलालाई राजा बन्ने अधिकारै थिएन । गर्नै नहुने काम गरेपछि अस्तित्व पनि कसरी रहोस् र ? राजतन्त्रकै अस्तित्व समाप्त पारे माइला राजाले । यो राजतन्त्रको कुरा त प्राकृतिक नियम विरुद्ध गएर सकियो तर जनतामा पनि माइलाहरूको अस्तित्व समाप्त हुन लाग्यो र पो चिन्ता छ मलाई । म आपूm माइलो भएकोले होला अरुलाई भन्दा मलाई नै बढ्ता पीर परिहेछ ।

युग परिवर्तनशील छ । मान्छेले विकासको गतिमा निकै फड्को मा¥यो । प्रकृतिलाई पनि जित्न थाल्यो । प्राकृतिक नियम बिपरित चल्न थालेपछि माइलाको औचित्य नै हुन छोड्यो । आजभोलि जनसङ्ख्या तिब्र गतिमा बृद्धि भइरहेछ । जनसङ्ख्या नियन्त्रण गर्न भनेर मान्छेले अनेक अनेक उपायहरू खोज्न थाल्यो । परिवार नियोजनका थुप्रै साधन आविस्कार भए । अझ दुईमात्र सन्तान ईश्वरका वरदान भन्ने नारा उराल्न थालियो । यस्तो अवस्थामा माइलाको अस्तित्व जोगाउन गाह्रै छ ।

मैले राजालाई आरोप लाउन खोजेको हुँदैहैन । भईपरी आउँदा राजतन्त्रको अन्त माइलाबाट हुन पुग्यो । त्यसो हुँदैमा पृथिवीभरिका माइलाहरूलाई नै किन समाप्त पार्ने दाउ गर्नु पर्ने हँ ?कसैले पनि तीनओटा छोरा नजन्माइदिएपछि माइलो कहाँबाट हुने ?

मेरो यो विचारपरक लेख पढेर कसैले परिवार नियोजन बिराधीको आरोप लगाउन पनि बेर छैन । लगाए लगाउन् तर म आफ्नो अस्तित्व नै समाप्त पारेर परिवार नियोजनको समर्थक बन्न कर छैन । हिन्दु धर्म माने पनि इस्लाम धर्मको समर्थन गरेको आरोप पनि त लाग्ला ! मुसलमानहरूले परिवार नियोजनलाई पाप ठान्छन् । जति ईश्वरले दिन्छन् उति नै सन्तान जन्माउनु पर्छ भन्ने उनीहरूको मान्यता रहेको छ । जन्मेका सन्तानलाई पालन पोषण गर्नका दुःखले दुईमात्र सन्तान ईश्वरका वरदान भन्नु सरासर झुटो हो । ईश्वरमै विश्वास छ भने दिए जति जन्माउनु नै वरदान हो । गर्भपतनलाई बैधता दिने काम झन खतम । गर्भपतन र परिवार नियोजनका अस्थायी साधन वितरणले दुनियाँमा कत्रो विकृति पैmलाइरहेछ भन्ने हाम्रा महाविद्वान् महोदयहरूलाई थाहा हुनु पर्ने । मैले सकेसम्म यी अस्थायी वा स्थायी दुवै साधन प्रयोग गरेर माइलाको अस्तित्व नै समाप्त पार्न उद्धत तथाकथित बौद्धिक जमातको खोइरो खन्न नछोड्ने कसम खान्छु । देशलाई धर्म निरपेक्ष घोषणा गर्नाले मलाई हिन्दुकै पुच्छर बन्नु पर्ने बध्यता त रहेन नि । धन्यवाद छ मुस्लिम बन्धुहरू ! तपाइँहरूले भए पनि माइलाको अस्तित्व जोगाइदिने काम भर्नुभएको छ । हाम्रा हिन्दु नाथेहरूले भविष्य नसोचेर यो संसार नै भविष्यमा मुसलमानमय बन्ने कुरालाई किन भसुक्कै बिर्से कुन्नि ! यता एउटा सन्तान भए पुग्ने, उता पैसठ्ठीओटा भए पनि फरक नपर्ने । अब माइलाको मात्र हैन हिन्दुहरूकै अस्तित्व संकटमा छ । खोइ ! कुरा बुझ्ने कसले ?

वातावरणको ह्रास जनसङ्ख्या बृद्धिबाट भएको हो रे ? भयो नापेर ! प्रकृतिको नियम विपरितका क्रियाकलाप गरेर बातावरण नाश भएको छ । प्रकृतिलाई मान्छेले हस्तक्षेप नगर्ने हो भने वातावरण कुनै हालतमा पनि विग्रन्न । आफ्नो सुखका लागि जसो गर्न पनि तयार रहने मान्छेको प्रबृत्तिले गर्दा सबै विग्रेको हो । जबरजस्त लादेर दुईभन्दा बढी सन्तान जन्माउन निषेध गरेपछि माइलाको अस्तित्व स्वतः समाप्त त हुने भो नि । होइन, दुईमात्र सन्तान भन्ने ठाउँमा तीनमात्र सन्तान भन्ने गरे पनि त कमसेकम माइलोसम्म त जोगिन्थ्यो । साइलो, काइलो अनि राइलोहरूको हालत जेसुकै होस् ।

अस्तित्वको लडाइँ त भुसुनाले पनि लड्छ भने म त मान्छे परेँ । आफ्नो अस्तित्व जोगाउन पहल गरिएन भने अरु कसले जोगाइदिने ? यही चिन्तनले ग्रस्त पा¥यो र माइलाको अस्तित्व खोज्न स्युरी खेल्दै छु । आजभोलि माइलाको अस्तित्व नै गुम्दै जान थालेकोमा यो खप्परलाई नै धिक्कार्दै छु । बेकारमा आमाको गर्भबाट माइलो सन्तानको रूपमा जन्म लिएँछु । काइलो, राइलो जस्ता तल्लो तहमा परेको भए पनि उहिले अस्त्वि मेटिन्थ्यो र चित्त बुझ्थ्यो । अब माइलोको न समाप्त भयो न त जोगिने नै भयो । यस्तो खतरामा पर्दै गरेको अस्तित्व जोगाउन साह्रै गाह्रो हुँदोरहेछ ।
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x