साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुकम्पमा माया प्रीति

Nepal Telecom ad

एउटा भाइलाई अझै
टेन्टमै बसेको देखेपछि 
मैले भनें 
भाइ किन अझै टेन्टमै बसेको ?
उसले भन्यो
दाइ भुकम्प आएपछि 
टेन्टमा बसेको
छेउकै टेन्टकी तरुनीको
प्रेममा फसेको
उसको घर चर्केको छ रे
त्यसैले उ यतै बसेको
आफूले पनि छोड्न सकिएन
घर नचर्के पनि
यतै डेरा कसेको
अझै यो भुकम्पले
हल्का फुल्का धक्का दिए हुन्थ्यो
पट्टिनै लागेकी छ
हाम्रो माया प्रीति पनि पक्का हुन्थ्यो ।

आफूलाई त
भुकम्पको भन्दा
केटीका परिवार सर्लान् कि
भन्ने पो ठुलो डर छ
उसको बाउले पनि शङ्का गरेको जस्तो छ
घरी घरी जाने कुरा गर्छ ।

अब कुरो मिल्यो भने
उसकी छोरीलाई
हुन्डरीले पाल उडाए झै उडाइदिन्छु
अनि भुकम्प दिवस र हाम्रो एनिभर्सरी
सँगै मनाइ दिन्छु ।

मैले भनें 
ल बधाई छ
भुकम्पमा पर्या भए
के अपरेसनमा जान्थ्यौ
के चिन्ताले डिप्रेसनमा जान्थ्यौ
ब्यस्त भएछौ, केको डर मान्थ्यौ ।

सके उसकै बाउसँग
केटीको हात माग्नू 
नभए मात्र भाग्नू
छोरी जन्मिए भुकम्पिका
छोरो जन्मिए
महाभुकम्प नाम राख्नू ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x