साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरुष हुनुका फाइदाहरु

Nepal Telecom ad

मेकअपमा पैसा खर्च गरे पुग्छ, आफैले मेकअप गर्नु पर्दैन
दाह्री खौरे पुग्छ पिडौला खौरन पर्दैन
नुहाएपछि एउटै तौलिया बेरे पुग्छ
छाती र टाउकामा दुईटा पर्दैन
जिन्दगीभरि एउटै थर भए पुग्छ दुईटा पर्दैन ।

सिट्ठी बजेको सुन्ने बित्तिकै पछाडि फर्किनु पर्दैन
अर्कोले आफूलाई हेर्यो कि हेरेन भन्ने थाहा पाए पुग्छ
कुनचाहिँ अङ्गमा हेर्यो थाहा पाउनु पर्दैन ।

नयाँ लुगा लगाएको साथीसँग लुगाको मोल सोध्नु पर्दैन
आफ्ना नाक कानमा आफैं प्वाल पार्दै सुनका किला ठोक्दै हिँड्नु पर्दैन
छिटो हिँड्न सकिन्छ, लुगा र गहनाको थुप्रो बोक्नु पर्दैन ।

बाथरुममा रेजÞर, साबुन, टुथपेस्ट र बुरुस गरी जम्मा चार चिज भए पुग्छ
पुरै कस्मेटिक पसल खोल्नु पर्दैन
आफ्नु लुगा सधै आफै लाउन र फुकाल्न सकिन्छ
अर्कामा भर पर्नु पर्दैन ।

एक मिटर लुगा भए पनि त्यसमा बगली हुन्छ, पैसा छातीमा घुसार्नु पर्दैन
बोक्नै परे भरिएको गह्रौं झोला बोकिन्छ रित्तो बोक्न पर्दैन
बोके झोला ठुलै बोकिन्छ इत्रो पर्दैन
पर्समा नोट (पैसा) अटाए हुन्छ ऐना अटाउन पर्दैन ।

सार्बजनिक सौचालयमा एक्लै जान सकिन्छ साथी डाक्नु पर्दैन
चार रंगको नाम जान्ने भए पुग्छ पच्चीस जान्नु पर्दैन
सुतेर उठे पछि सोझै बाहिर गए हुन्छ
फर्किएर ओछ्यान सुम्सुम्याउनु पर्दैन
जुत्ता एक दुइ जोर भए पुग्छ
एक र दुइ बाह्र जोर पर्दैन ।

लुगा लगाउँदा कति छोपियो सोचे पुग्छ
कति देखियो सोच्नु पर्दैन
आफुलाई कोहि मन पर्यो भन्दैमा
आफ्ना बा आमा छोडेर जानु पर्दैन
बाथरूममा गएर आफु सफा भए पुग्छ
बाथरुमलाइ पनि सफा पार्नु पर्दैन ।

जुत्तामा पालिस लगाए पुग्छ
नङमा लगाउनु पर्दैन
जुत्तामा बुरुस लगाए पुग्छ
गालामा लगाउनु पर्दैन
काला परेलामाथि कालै रंग थप्नु पर्दैन
कालो माथि कालो दलेर जे फरक हुन्छ
त्यो फरक देख्नु पर्दैन ।

इस्टिमित्र या साथीको नाम थाहा पाए पुग्छ
तिनको बंसावली थाहा पाउन पर्दैन
सन्तान घरमा छन् कि छैनन् थाहा पाए पुग्छ
भोकै छन् कि अघाएका छन् थाहा पाउनु पर्दैन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x