साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुकम्पसँग वार्ता

Nepal Telecom ad

ओइ भुकम्प
तेरा बाजेले पनि नब्बे सालमा
गर्नुसम्म गरे
तेरा बाले पनि पैतालिस सालमा
थोर थार गरे
तेरा सन्तानले त गाँठे
हाम्रा सन्तानलाई मार्नुसम्म मारे ।
हल्लाउनु सम्म हल्लायौ
घरै खसाल्यौ
पहाडै खसाल्यौ
तेत्रा तेत्रा घर भएका मान्छेलाई पनि
पाल टागेर चौरमा बसाल्यौ ।
हामीले तेरो के बिगारेका थिम ?
बहिनी भगाका थिम कि
बाउ अपहरन गरेका थिम
यसरी घर भत्काइ भत्काइ खोज्दैछस
खुरुक्कन नगएर गएर किन
फर्की फर्की सोच्दैछस
हामीले तेरो के बिरारेका थिम ?
यसरी बदला लिदैछस
त्यसै त कती दुःख यो देश
त त झन दुःख पो दिदैछस !
माओबादीले क्याम्प सारेको जस्तो
घरी गोर्खा घरी सिन्धुली
राजाधानी सा¥याछ्स
साँढेले झै जिउ हल्लाएर
डरामर्दो पो पा¥याछस
तेरो घर फो¥या थिम कि
तेरो कै चो¥या थिम
ओइ भुकम्प
बिनासित्त यसरी
मान्छे किन मा¥याछस ?
हेर भुकम्प
जे भयो भयो
अब त नफर्केस
बरु तेरो हात पाउँ ढोक्छौं
नत्र अब बैज्ञानिक भाईलाई भनेर
त आउने समय र बाटो पत्ता लगाएर
एम्बुस राखेर हुन्छ कि
बम राखेर हुन्छ
तेरो टाउकोमा नै ठोक्छौ
त्यो पनि सकिएन भने
ठुला घर भत्काएर
बासको घर घर हालेर भए पनि
तेरो बिनास रोक्छौ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x