सुलसुलेआरम्भको ५७ औँ शृङ्खला
आरम्भले आफ्नो ५७ औँ शृङ्खला भूकम्प विशेष रचना वाचन गर्दै राजधानीमा सम्पन्न भएको छ ।
बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चट्याङ मास्टर, प्रेम ओली, केरा अर्याल, गोपाल नेपाल, बामदेव शर्मा, मोहनमणि पोखरेल, रघुनाथ अधिकारी, रामकृष्ण शर्माले हास्य ब्यङ्ग्य कबिता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजन न्यौपाने, दामोदर नेपाल, विदुर वस्ती, जनार्दन अधिकारी, बिजय विश्वास , अशिम सागर, भुवन थापा, जीवराज बुढाथोकी, प्रदिप रत्न शाक्य, ललिता दोशी, लक्ष्मी श्रेष्ठ, सङ्गीता श्रेष्ठ, उर्मिला पन्त, त्रिपुरा पौडेल, जीवराज घिमिरे, रविन्द्र आशिस शैली, नरनारायण शर्मा,गोपेन्द्र रिजाल, सुदेश सत्याल, रस्मी रिमाल, शशिकला घिमिरे, एन्जिला न्युपाने, लेजिना न्यौपाने लगायत तीन दर्जन स्रष्टाहरूले कविता, गीत गजल र मुक्तक प्रस्तुत गरेका थिए ।
कवि इन्दु अङ्शुले सञ्चालन गरेको उक्त कार्यक्रममा झापाबाट पनि आरम्भलाई सम्झेर आफ्नो रचना पठाउने स्रष्टा होम सुवेदीको भूकम्प सम्बन्धी कविता पनि वाचन गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































