साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुतो र चेपागाँडा

Nepal Telecom ad

भ्यागुतो बुर्लुक्क उफ्रयो चेपागाँडा सँगै थिए
उस्को बर्कत देखेर सबै दङ्ग हुँदै थिए ।
यौटाले त भनी हाल्यो अहा क्या पौरखी तिमी
संसारभरमा यौटै पहिलो उफ्रने तिमी ।

तिमी उफ्र्रयौ भनेदेखि चन्द्रमा छुन सक्तछौ
इतिहास नयाँ यौटा तिमी नै रच्न सक्तछौ ।
चेपागाँडा त गाँडै हुन् अरूले पनि हो भने
यो हाम्रो भ्यागुतो दाजु विश्वमै श्रेष्ठ हो भने ।

जयकार कुनै गर्थे कुनै खादा लगाउँथे
प्रशस्ति वाचन गरी अभिनन्दन गर्दथे ।
भ्यागुतो पनि सन्केछ म साँच्चै मै हुँ ठान्दथ्यो
अरूहरू कसैलाई अब ऊ किन गन्दथ्यो ।

चन्द्रमा छुनका लागि ऊ बाटोबाट उफ्रियो
एकै बित्ता मात्र उफ्री नालीभित्र बजारियो ।
अनि ऊ टर्टराएछ सक्तथें चन्द्रमा छुन
अलि गर्मी भएकाले लागें अब चिसो हुन ।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x