साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको जर्सी

Nepal Telecom ad

जर्सी म लाऊँ अनि खेल्न जाऊँ
व्यक्तित्व आफ्नो सजिलै सजाऊँ
खेलूँ निकै फुर्ति शरीर पारूँ
जितूँ अवश्यै किन गोल हारूँ ।

जर्सी नयाँ चम्चम टल्किइन्छ
शरीर शोभा मन पग्लिइन्छ
हेरून् अरूले तन टम्म दिव्य
जर्सी सुहाको जगमा छ भव्य ।

बनूँ कलाकार सुयोग्य नेता
बाँचूँ सदा जीवन भोग्यभोक्ता
जर्सी सुहाओस् तनमा चिटिक्क
मैदान खाली नगरूँ पिटिक्क ।

हारूँ जितूँ वा तर नाम राम्रो
ढिलै म दौडूँ तर काम राम्रो
संचार छाऊन् नजिकै प्रशस्त
जर्सी हुँदाको तन हृष्टपुष्ट ।

ताली बजेको जसरी सुनूँ म
गाली गरेको पनि झन् सुनूँ म
त्यो गोल गर्ने पहिलै चिनूँ म
मैदान आफ्नो जसरी छिनूँ म ।

नेता कहाँ सक्दछ खेल खेल्न
मैदान ढाकी सजिलै दगुर्न
नेता मिलेको कहिलै रहेन
मिल्दै नमिल्ने जित नै भएन ।

जर्सी कहाँ मन्दिरमा चढाऊँ
मिलेर खेल्ने दिन खोज्न जाऊँ
होला निकै मूल्य अमूल्यजस्तै
मिलेर जित्ने दिन होस् खुलस्तै ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x