दुर्गाप्रसाद ग्वालटारेपरिवर्तन
सधैँभरि हिंडेकै हुँ यो बाटो म
सधैंभरि उभिएकै थियौ तिमी यहि पाखामा ।
मसक्क मस्किएकी देख्दथें सधैँ
किन काँडामात्र नजर आइरहेछ आज यी आँखामा ?
किन आफ्नै छायाँबाट तर्सिरहेछु ?
र, छुन समेत डराई रहेछन् यी हातहरू तिम्रा हाँगामा ।
एउटै स्थायी “परिवर्तन” मात्र हो भन्ने-
संझिरहेछु स्मरणबाट खुइलिंदै गएका खपांगी गुरुबा ।
२०७२ जेठ २३
बुडर, डोटी ।
Subscribe
Login
0 Comments
Oldest








































