साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसैमाथि आस थियो

Nepal Telecom ad

अरु कोही नहुनु र ऊ हुनु नै खास थियो
जसको हातमा छुरा थियो उसैमाथि आस थियो ।

मेरो प्रभु मेरो मालिक मेरो ईश्वर जे भने नि
ढुङ्गामाथि पोखिएको निमुखाको गाँस थियो ।

फिरौतीमा जे जति छ, आफ्नो पुरै सुम्पेपछि
हराएको छोरा देखेँ आँगनीमा लास थियो ।

मदारीको इशारामा नाच्दै मेरो छानो फाल्छ
मैले भन्थेँ मेरो सरकार ऊ अरुकै दास थियो ।

हिजै मात्र द्विपक्षीय वार्ता सफल भयो भन्थे
बिउँझिएर हेर्दा आफनै सीमा पारि बास थियो ।
‘पलाँस’ गजल सङ्ग्र्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x