साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तरुनी खेती

Nepal Telecom ad

किराना पसल गरेँ
कस्मेटिकको गरेँ
सकिएन कमाउन
उल्टो ऋणमा परे
कतै कमाउन सकिएन
कतै रमाउन सकिएन
जे ब्यापार गरे पनि
जमाउन सकिएन ।

एकदिन एउटा जुक्ति फुर्यो
चिया पसल किन्ने साइत जुर्यो
सधैं मुस्कराउनु भन्दै
श्रीमतीलाई पसलमा राखेँ
काली न काली ढुस्स परेकी
देखेर त झन ग्राहक भागे
आफ्ना छोरी पनि नाइँ
तरुनी खोज्न गाउँतिर लागेँ
पढाइदिन्छु भन्दै
आफन्तकै सानी छोरी मागेँ
हेर्दा सयपत्री फूल जस्ती
हाँस्दा पुर्नेकी जून जस्ती
तरुनाहरू त आउने नै भए
बुढा बुढा पनि आका छन्
एक गिलास दुई गिलास भन्दै
गिलासका गिलास चिया खाका छन्
मलाई थाह छ
ती बुढाले पनि
चियामा भन्दा
ध्यान कता लाका छन् ।

बल्ल पो थाह भो
होटेलमा होस् कि
निजी कम्पनीमा
फ्रन्ट देशकामा किन तरुनी राख्छन
महिला चाहियो भन्दै
पच्चिस ननाघेको माग्छन्
थुक्क बुद्धि
पहिले नै थाह भएको भए
तरुनी पसलमा राखिन्थ्यो
ब्यापार घाटा खाँदै
बेकारमा यसरी
किन ऋणका ऋणमा जाकिइन्थ्यो ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x