साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउकामा डण्डा

Nepal Telecom ad

पदवी छ नेता काम छ गुण्डा
सडकमा तात्छ सदनमा ठण्डा
बेला बेला झिक्छ नयाँ हतकण्डा
हान हान यसका टाउकामा डण्डा ।

पदमा नभए माग्दछ चन्दा
दुई नम्बरी मात्र गर्दछ धन्दा
वरिपरि राख्दछ गुण्डा जन्डा
हान हान यसका टाउकामा डण्डा ।

टालोमा कोची एउटा डण्डा
भन्दछ त्यसलाई आफ्नो झण्डा
छाँट्दै शास्त्र बन्द छ पण्डा
देख्दै राक्षसी सुन्डा मसुण्डा
हान हान यसका टाउकामा डण्डा ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x