साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बम–सरस्वती स्मृति पुरस्कार अर्याललाई

Nepal Telecom ad

बागलुङ, २० असार । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको बम–सरस्वती स्मृति पुरस्कार पर्वत पाङका कवि नारायणप्रसाद उपाध्याय अर्याललाई प्रदान गर्ने भएको छ ।

बागलुङ मूलपानी घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीका स्मृतिमा स्थापित सो पुरस्कारबाट पहिलो पटक अर्याल पुरस्कृत हुन लाग्नुभएको हो ।

रु १० हजार राशिको पुरस्कार यही असार २९ गते भानुजयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । अर्यालले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानस्वरुप पुरस्कार दिन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । “उहाँ जीवनभर साहित्य सेवामा अनवरत लागिरहनुभएको छ, उहाँको साहित्यिक व्यक्तित्व र कृतित्वको सम्मान गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौँ”, रोशनले भन्नुभयो ।

अर्यालको ‘त्रिजन्मा महाकाव्य’ (विसं २०५६)लगायत अन्य साहित्यिक कृति प्रकाशित छन् । नेपाली, संस्कृत र हिन्दी भाषामा समेत साहित्य रचना गर्ने अर्यालका दर्जनौँ कृति प्रकाशोन्मुख छन् । प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष एक जना साहित्य क्षेत्रको व्यक्तित्वलाई प्रदान गरिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x