केशव सिलवालचिबेचरा
म पनि हुँ यो देशको एउटा चरा
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रङ्गिन प्वाँख नै हुनुपर्छ ?
के मयुरलेझैं
रङ्गिन प्वाँखहरू फिँजारेर
दर्शकको लागि नाच्नैपर्छ ?
के कोइलीकोझैं
मधुर आवाजमा गाउनैपर्छ ?
तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौं रङहरूमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौं पहिचानहरूमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ ।
सुनकै पिँजडामा थुनिए पनि
गाउँदिन म तिम्रो लागि–
गोपीकृष्ण कहु
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन–
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ ।
यो देशलाई हुरीले उडायो भने
खस्नेछ मेरो गुँड पनि रुखबाट
र मर्नेछन् मेरा बचेराहरू
यो देशमा सूर्य र्मयो भने
मेरो पनि अन्त्य हुनेछ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँखहरू
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापुमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइरहनेछु यही देशको गीत
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
Subscribe
Login
0 Comments
Oldest









































