साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी एक नाटक

Nepal Telecom ad

सडक बनाउनेहरू !
सडक बनाउने नाटक गरौं
पुल–कल्भर्ट बनाउनेहरू !
पुल–कल्भर्ट बनाउने नाटक गरौं
योजना चलाउनेहरू !
भव्य शिलान्यास गरौं, भव्य उद्घाटन गरौं
योजना पुरा गरेको राम्रो नाटक गरौं
जिन्दगी नै एक नाटक हो
हामी सब मिलेर एक नाटक गरौं ।
आऊ शिक्षक साथीहरू ! प्राध्यापक मित्रहरू !
हामी हाम्रा विद्यालय–महाविद्यालयमा पढाए जस्तो गरौं
डाक्टर साहेपहरू ! इन्जिनियर साहेपहरू !
हामी आफ्नो आफ्नो कर्तव्य पालना गरे जस्तो गरौं
सेल्फी खिचौं, फोटो खिचाऔं
फेसबुकमा ’अपलोड’ गरौं ’स्टाटस’ लेखौं
अहा सयौं हजारौं ’लाइक’ आइहाल्छ ।
ए वृद्ध हजुरबा !
फिक्री नगर्नुहोस् अतिवृद्धताको
एक जोर बुट र एक जोर सुट लगाएर
तपाईं फुटबल खेलाडी भैदिन सक्नुहुन्छ
एउटा पहेंलो हेलमेट र पहेंलो ज्याकेट लगाएर
भूकम्पले अधकल्चो लडाएको
कङ्क्रीटको चट्टान पन्छाउन सक्नुहुन्छ
आखिर यो नाटकै त हो ।
ए रोगी पिण्डरोगी भाइ !
फिक्री नगर यो महारोगको
उपचारमा जान एम्बुलेन्स बोलाइसकेका छौ भने पनि
पर्ख !
एक छिन पर्ख !
त्यो पहेंलो कडा टोपी लगाएर, पहेंलो सर्ट पहिरेर
आफ्ना लाङ्ग्रीहरूका माझमा
तिमी मच्ची मच्चीकन
ती भूकम्पले लडाएका काफिला पन्छाउन सक्छौ
ती हेमानका चट्टान हटाउन सक्छौ
आखिर यो नाटकै त हो नि ।
त्यसकारण
ए संविधान बनाउनेहरू !
संविधान बनाए जस्तो गरौं
विरोध गर्नेहरू !
विरोध गरे जस्तो गरौं
सबै सबैले कुटे जस्तो पनि गरौं, रोए जस्तो पनि गरौं
’क्यावात् !’ भनौं
आखिर यो सब नाटकै त हो नि ।
साँच्चैको गर्नु नै छ भने
तलब बुझेको बेलामा साँच्चैको गरौंला
भ्रष्टाचार गर्ने बेलामा साँच्चैको गरौंला
खानै पर्छ भने
कमिसन खाँदा साँच्चैको खाऔंला
क्यै बात छैन
जिन्दगी एक नाटकै हो
हामी सब मिलेर नाटक गरौं ।
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x