साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग् विद्वान् भाग् !

Nepal Telecom ad

म आँटीबाहेक १२ वैशाखको भूकम्पपछि घरभित्र पस्न कोही मानेनन् । भित्र नपस्नू भनेर श्रीमतीले हात तान्दै थिइन् । मैले भनेँ, \’ठूलो भूकम्प आएपछि त्यसका पराकम्पनहरू त्यसभन्दा साना हुन्छन् । घर चर्किएको छैन भने मजाले भित्र बस्दा हुन्छ भनेर मैले राम्ररी पढेको छु, चुप लाग ।\’ \’लौ तपाइर्ं नै विद्वान् हुनुहुन्छ\’ भन्दै उनले हात छाडिन् । डर लाग्नेजति घरबाहिर भाग्ने ठाउँमा \’रेडी\’, \’गेट\’ \’सेट\’ गराएर म घरको माथिल्लो तलामा पसेँ र चिया पकाउन थालेँ । चिनीको भाँडो नभेट्टाएर यसो निहुरिन खोज्दै थिएँ, आइहाल्यो । म बिजुलीको गतिमा भर्यामङतिर दौडिएँ । यसरी दौडिनु हुँदैन भन्ने पनि मैले पढेको थिएँ । मैले माथिबाटै चिच्याएँ, \’ए भाग भाग !\’

तलबाट आवाज आयो, \’किन भाग्ने विद्वान् ?\’ अनि पो यसो बाहिर हेरेको कुनै चालचुल छैन । केको आउँथ्यो भुइँचालो ! मनमा पो आएको रहेछ । यस्ता भ्रमले म तीन तलामाथिबाट नौपटकसम्म दगुरेको छु । पढेलेखेका मान्छेको कुरै बेग्लै !

त्यसपछि पनि म घरमा पस्न डराइनँ । जाँदै आउँदै गरिरहेँ । एकपटक गएर तेल बसाउने, अर्कोपल्ट गएर मेथी पड्काउने, अर्कोपल्ट तरकारी ओइरिने, अर्कोपल्ट भात बसाल्ने । एवं रीतले खाना बनाएर चौरमा ल्याउँदै खाँदै हप्ता बिताइयो । पढेको मान्छे डराउने त कुरै भएन नि !

छिमेकी उपसचिव फलानाजी मभन्दा विद्वान् । १२ गते साँझ पालमा बसेर उनले भूकम्प जानुका वैज्ञानिक कारण र यसको इतिहास बताएर सबैलाई आश्वस्त बनाए । उनले १३ गते साढे १२ बजे एउटा घोषणा गरे, \’अबको ८० वर्षसम्म नेपालमा ६ रेक्टरभन्दा ठूलो भुँइचालो आउँदैन ! म त ढुक्कले घरमै बस्छु ।\’ नभन्दै उनी सरासर चारतले घरको सिरानमा पुगेर हामी तल पालमा बसेकाहरूलाई झ्यालबाट हेर्न थाले । अचानक १ बजे भूकम्पले घर हल्लाउन थालेपछि ती फलानाजी भर्यातङमा सात ठाउँ ठोक्किएर घाइते अवस्थामा तल आए । पालबाट घरमा लगेका ओढ्ने-ओछ्याउने लिन पनि उनले छोरालाई घचेटेर पठाए र साँझमा हामीसँगै आएर घुसि्रए ।

अर्का छिमेकी ढिस्कानाजी नगरपालिकाका चल्तापुर्जा कर्मचारी हुन् । अढाई आना घडेरीमा खोला किनाराको सार्वजनिक जग्गा मिचमाच गरी बनाएको उनको ६ तले भवन देख्दा हामी आत्तिरहन्छौँ । घर बनाउँदा नगरपालिकाको मुखमा घूसको बुजो लगाउनुपर्योा भने सबैले उनैलाई सम्भिmन्छन् । त्यसै भएर हाम्रो टोलमा सबैभन्दा धेरै नमस्कार खाने विद्वान् उनै हुन् ।

भूकम्पपछि हामी सबै चोकमा काम्दै हल्लिरहेका थियौँ । गन्जी र कच्छा मात्र लगाएर हिलोमा चुर्लुम्मै डुबेका ती ढिस्कानाजी अर्धबेहोस अवस्थामा हाम्राअगाडि उभिए । उनले थुरथुर काम्दै सोधे, \’के भएको ? ट्यांकी किन घुमेको ?\’ पछि थाहा भयो, उनी छैटौँ तलामाथि उभिएको पानी ट्यांकीमा भित्र पसेर सफा गर्दै गरेका बेला भूकम्प आएर फनफनी घुमाएछ । भूकम्प गएको आज तेस्रो हप्ता बितिसक्यो उनले अहिलेसम्म घरमा पस्ने त के घरतिर हेर्ने आँट पनि गरेका छैनन् ।

अर्का विद्वान्…! विद्वान्हरूको बखान गर्नै बाँकी थियो, अचानक घरले पिङ खेल्न थाल्यो । मेरो विद्वताले भन्यो, \’भाग् विद्वान् भाग् !\’ अनि, विद्वान् धोती सम्हाल्दै चौरतिर भाग्यो । यो २९ वैशाखकोे अर्को डरलाग्दो झड्का थियो ।

नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x