साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती र रिमोट कन्ट्रोल

Nepal Telecom ad

श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए
आफूले चाहेको बेला अन गर्थें
नचाहेको बेलामा अफ गर्थें
मन परेको कुरा गर्दा सुनी दिन्थें
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें ।

आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा
रिसले मुर्मुरिएर उनी झर्किंदा
मिउट थिची दिन्थें अनि कचकच नसुनी सुती दिन्थें
घरमा पनि कहिलेकाहीँ हुस्की बियरको चुस्की लगाउँदा
उनी रिसाउने कराउने गर्दा
स्टप थिची दिन्थें चुस्कीलाई निरन्तरता दिँदै
बाहिर जान अघि सिँगारिँदा
फास्ट फरवर्ड गरी चाँडै गराई दिन्थें
आफूलाई माया गर्दाको बेला भने
बारम्बार रिवाइन्ड थिच्दै प्ले मात्र गरिबस्थें ।

साँच्चै भन्या श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए
मन लागेको बेलामा प्ले थिची दिन्थें
रिस उठेको बेलामा स्टप थिची दिन्थें
उनले कराउँदा भोलुम घटाइ दिन्थें ।

किनमेलको कुरा गर्दा अफ नै गरी दिन्थें
आहा ! श्रीमती यदि रिमोटबाट चल्ने भए
मन लागेको बेलामा हरी बस्थें पज गरेर
रिसाएको बेला स्टप गरी दिन्थें
अनि उनकै अगाडि
फेसन च्यानल हेरी बस्थें मनोरञ्जन गर्नलाई
श्रीमती यदि रिमोटबाट चल्ने भइ दिएको भए ।

तर श्रीमती रिमोटबाट चल्ने हैन
उनी त आफैं रिमोट हुन्
हामी पो उनको रिमोटबाट चल्ने
निरीह पति ।

त्यसैले कल्पनामा रमाएर केही क्षणको स्वतन्त्रता पाए पनि
हामी रिमोटबाट चल्ने रोबर्ट हौं
रुीमती त रिमोट चलाउने सूत्रधार हुन्
हाम्लाई चलाउने रिमोट हुन् ।
टोरन्टो, क्यानडा
(मधुपर्क, भदौ २०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x