साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरदान

Nepal Telecom ad

शिवलिङ्ग अगाडि ठिङ्ग उभियो । दुई हात जोरेर नमस्कार गर्यो । यताउति हेर्यो । टुक्रुक्क बस्यो । पलेटी कस्यो । जुरुक्क उठ्यो । माथि हेर्यो । ठुलो घन्ट तुर्लुङ्ग झुण्डिएको थियो । तल शिवलिङ्ग ठिङ्ग थियो । यताउति हेर्यो । कोही थिएन । थियो भने एकान्त थियो । कोही थिएन । शिवलिङ्गमा पैसा भेटी प्रसाद केही चढेको थिएन ।
माथि हेर्यो । माथि घन्ट थियो । घन्ट ठूलो थियो । यति भए दुई दिनको ‘दारु’ चल्थ्यो । तर घन्ट धेरै माथि थियो । त्यत्तिकै निकाल्न सकिन्नथ्यो । फेरि यताउति हेर्यो । कोही थिएन । केही थिएन ।
ऊ शिवलिङ्ग माथि चढ्यो । घन्टमा हात पुग्यो ।
शिवलिङ्ग बोल्यो– भक्त, म खुसी भएँ । के वरदान माग्छस् माग ।
ऊ हतारहतार ओल्र्यो । बोल्यो– केही चाहिएन प्रभु ! मलाई प्रभु पाए पुग्यो ।
– केही त माग । अरूले दुधसुत, फूलपात नैबेद्य र भेटी चढाउँछन् । तैँले त आफ्नो सिङ्गो शरीर नै चढाइस् । म प्रसन्न भएँ । केही त माग !
उसले निर्णय लिन सकेन । सहज रूपमा भन्यो – बस त्यही माथिको घन्टा भए पुग्छ, प्रभु !
‘बोन्साइ’ लघुकथा सङ्ग्रह(२०६८) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x