साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे अष्टकम्

Nepal Telecom ad

असनमा चर साग र काउली,पसलनी कति मात्र धपाउली
पशुपतीश्वरको सहिछाप ली,जब हिंड्यौ गर मोज ढलीमली ।
घर छुट्यो अनि गोठ किला छुट्यो,दुध कुँडो र भुसा र पिना छुट्यो
हल र हल्लुँड फालि अनौ छुट्यो,सकल वान्धवको ममता टुट्यो ।

जब समाज भनी मन लाइयो,अनि त कष्ट अनेकन पाइयो
जिउ त्रिशूल र चक्र डमाइयो,सकसले वृष नाम कमाइयो ।
अब भने जिउमा अलि भो बल,गन नगण्य गरीब र दुर्वल
पस जता छ धनी जनको घर,चर मकै गहुँ धान र फापर ।

चर जहाँतक हुन्न थकावट,सुन कतै पनि हुन्न रुकावट
परम पूज्य पवित्र लियौ जुनी,गर विहार बुढी कलिली चुनी ।
अरु कुनै यदि सामु परे भने,सिङ छँदैछ तिखो तह लाउने
यदि उता पनि अस्त्र चले भने,फगत मार्दछ मात्र चिलाउने ।

पछि परुन् जति नै पनि छाउरा,छुनु परै अझ हेर्नु त के कुरा
सडकमा गजधम्म बसे पनि,अरु हटुन् पर आफु बचौं भनी ।
घुम विदेश कि देश जतातता,नघुम भन्न यहाँ कसको बुता
पशु भए पनि होस् तर जीवन,वृषभकै सरि होस् तब जीवन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x