साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाँटनू

Nepal Telecom ad

कुटनीति झुटनीति फुटनीति जुटाएर
लुटनीति जति सबै अँजुलीमा उठाएर
अट्टहास गरीगरी लपालप चाटनू
सफाचट पारी देश ठाँटसँग ढाँटनू ।

छिन दिन हप्ता मैना वर्षैभरी ढाँटनू
ढाँटबाहेक केही छैन जुनीभरी ढाँटनू
खालि ढाँट्ने मौसम यो ढाँटेरै डाँटनू
ढँटवारे भयो नेता पेशा उसको ढाँटनू ।

ढाँटकै ढ्वाङ फुकी ढाँटको डोरी बाट्नू छ
ढाँटढुँट लाटलुट ढाँटेरै भोट काट्नु छ
भोट निम्ति नोट फेरि जताततै बाँटनू
तेब्र्याएर ब्रम्हलुट साधु बनी ढाँटनू ।

उठी ढाँटनू बसी ढाँटनू सुतीसुती ढाँटनू
ढाँटेरै उल्टासुल्टा भाषण गफ छाँटनू
फाटी मर्नु बनाएर देशको जरा काटनू
इलमै भो ढँटुवाको सारा जिन्दगी ढाँटनू ।

फेरि आयो ढाँट मौसम ढँटुवाहरू जुर्मुराए
ढाँटका यी ढाडीहरू केश भरी सर्सराए
ढाँट ढाँट ढँट्वारे हो सत्यलाई डाँटनू
ढाँटकै रहेछ राज्य यो मस्तीसँग ढाँटनू ।
कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x