साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्लाई थाहा छैन ?

Nepal Telecom ad

दुइमा दुई चार हुन्छ, कस्लाई थाहा छैन ?
मौरि बस्ने घार हुन्छ, कस्लाई थाहा छैन ??

धन र बलको अहंकार, किन गर्छ मान्छे ?
संसार जले अँगार हुन्छ, कस्लाई थाहा छैन ??

मन हुनेलाई कुकुर जति, सम्मान गरिँदैन
धन हुनेको सत्कार हुन्छ, कस्लाई थाहा छैन ??

उठेदेखि सुतेसम्म, फुर्सद छैन गाउँमा
शहरमा के हतार हुन्छ, कस्लाई थाहा छैन ??

तन बेच्ने मन बेच्ने, भेटिँदैनन् गाउँमा
बजारमा हजार हुन्छ, कस्लाई थाहा छैन ??

मध्यरातमा झिलिमिली, देखिन्छ यो शहर
रातमा कस्तो बेपार हुन्छ, कस्लाई थाहा छैन ??

आफ्नो भन्यो औँलो दियो, डुँडुलो नै निल्छ
आफ्ना झन् गद्दार हुन्छन्, कस्लाई थाहा छैन ??

फूलको धारले रेटिएर, यहाँ धेरै मर्छन्
फूलमा पनि धार हुन्छ, कस्लाई थाहा छैन ??

बाहिर जस्ले समानताको, नारा अलाप्दछ
उस्कै घरमा छेकबार हुन्छ, कस्लाई थाहा छैन ??

पैसा पापी आफ्नै मान्छे, पराइ बनाउँदो रै’छ
आफन्त–बीचमै काटमार हुन्छ कस्लाई थाहा छैन ??

सिमा नाघी उर्लिएर, बगिदिन्छ नदी
पीडा खेप्ने किनार हुन्छ, कस्लाई थाहा छैन ??

सिधा साधा पक्राउ पर्छन्, नामुद अपराधी
पुलिसबाटै फरार हुन्छ, कस्लाई थाहा छैन ??

कलियुगको राज यहाँ, जब चल्न थाल्छ
चैतमासमा असार हुन्छ, कस्लाई थाहा छैन ??

गलत हाकिमहरूको, जब शासन चल्न थाल्छ
क्षमताको हार हुन्छ, कस्लाई थाहा छैन ??

निक्कै मुस्किलले म ता रचना जन्माउँछु तर
कत्ति सजिलै साभार हुन्छ, कस्लाई थाहा छैन ??

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x