साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौंमा घर हुनेले

Nepal Telecom ad

हाम्लाई मान्छे गन्दैनन्, काठमाडौंमा घर हुनेले
के छ बाबु ? भन्दैनन्, काठमाडौंमा घर हुनेले ।

परिश्रमका हाम्रै फल, खाई बाँचेका छन्
खेतबारी खन्दैनन्, काठमाडौंमा घर हुनेले ।

आफै मात्र अघि बढ्छन्, अरुलाई दबाउँछन्
समझदारी बान्दैनन्, काठमाडौंमा घर हुनेले ।

के नै सिके ज्ञानका कुरा ?, राजधानीमा बसी
मानवता नै जान्दैनन्, काठमाडौंमा घर हुनेले ।

चुनौती भो यही गजल, नवीन सङ्कल्पको
अब खुट्टा तान्दैनन्, काठमाडौंमा घर हुनेले ।
छातेढुङ्गा– ७, तेह्रथुम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x