रमेश खकुरेलसतचालीस वर्ष अघिको लोडसेडिंग
सन्ध्या भयो रवि कतैतिर फुत्त भाग्यो
संसारमा तिमिरले प्रभुता जमायो
आँखा खुला छ तर विश्व भयो अँध्यारो
केही नदेख्न सकिने हुन गो तगारो ।
पारूँ प्रकाश घरभित्र भनेर ठानी
बत्ती छँदैछ बिजुली घरभित्र मानी
छाम्दै गई सुइच खट्ट गरी दबाएँ
लौ लोडसेडिङ प-यो न प्रकाश पाएँ ।
बाली टुकी र ढिबरी अनि मैनबत्ती
बिस्तार पूर्ण गरिए सब काम जत्ति
खाना र पान पनि भो र गयो प्रदोष
बत्ती खुला सुइचको त रहेन होस ।
सुत्ने भयो बखत मैन टुकी निभायौं
ओच्छ्यानमा अनि सुतेर निकै रमायौं
आयो यसै बखतमा बिजुली धपक्क
के भन्नु मित्र अनि बन्न गएँ म पक्क ।
Subscribe
Login
0 Comments
Oldest




































